पुरुष बन्ध्याकरणबारे मैले के कुरा थाहा पाउनु पर्छ

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

पुरुष बन्ध्याकरण एक प्रकारको साधारण अपरेशन हो जसमा पुरुषको शुक्रकिट अण्डकोष मार्फत लिङ्गमा जाने पाइपलाई काटिन्छ। तर पुरुषको अण्डकोष काटिदैन। यस्तो प्रकारको अपरेशन कुनै पनि स्वास्थ्य केन्द्रमा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा गरिन्छ। यो अपरेशन गर्न केही मिनेट मात्र समय लाग्छ।

यो अपरेशनपछि पुरुषको यौन सम्पर्क राख्‍ने क्षमता वा यौन आनन्दमा कुनै पनि असर पर्दैन। पुरुषको वीर्य निस्किन्छ तर उक्त वीर्यमा कुनै पनि शुक्रकिट हुँदैन। अपरेशन पछि पनि लगभग १२ हप्ता सम्म पाइपमा अझै शुक्रकिट हुन सक्ने भएकोले यौन सम्पर्कको बेला परिवार नियोजनका अन्य तरिकाहरू अपनाउन सक्नुहुन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020519