मैले खोकी रूघा र गम्भीर रोगहरूबारे किन थाह पाउनुपर्छ

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

बच्चाहरूमा खोकी लाग्‍ने, रूघा लाग्‍ने, घाँटी दुख्‍ने र सिंगान बग्‍ने भनेको समान्य समस्याहरू हुन्। सामान्यतया यी कुराहरू भएमा धेरै आत्तिनु पर्दैन।

तर कुनै-कुनै बेला भने खोकी गम्भीर समस्याको लक्षण पनि हुन सक्छ। जस्तै: निमोनिया वा क्षयरोग। यदि कुनै बच्चाले छिटो-छिटो सास फेर्छ वा सास फेर्न गाह्रो भइरहेको छ भने तिनलाई निमोनिया लागेको हुन सक्छ। निमोनिया फोक्सोको संक्रमण हो र यसले ज्यान जोखिममा पार्न सक्छ। यो रोग लागेको बच्चालाई तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा तुरुन्तै उपचार चाहिन्छ। आवश्यक परेमा उक्त स्वास्थ्यकर्मीले अस्पतालमा लाने प्रबन्ध पनि मिलाउन सक्नेछन्।

संसारभरी पाँच वर्षमुनिका बालबालिकामा मृत्युको सबैभन्दा ठूलो कारण निमोनिया र दोस्रो चाहिं झाडापखाला हो। हरेक वर्ष लगभग २० लाख बालबालिकाहरूको निमोनियाको कारणले मृत्यु हुने गर्छ। एड्स, मलेरिया र दादुराले जम्माजम्मी जति मृत्यु हुन्छ त्योभन्दा धेरै निमोनियाले गर्दा मृत्यु हुने पाइएको छ। पाँच वर्षमुनिका ५ बालबालिकामध्ये १ को मृत्यु स्वासप्रस्वासको संक्रमणले गर्दा हुने गर्छ।

Sources