आफूमा आत्महत्या गर्ने सोचाई आउँदा म के गर्न सक्छु

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

यदि तपाईं लामो समयदेखि निराश हुनुहुन्छ, कुनै आशा छैन, हरेक दिन सामाना गर्ने समस्याको कुनै समाधान छैन र जीउनुको अर्थ छैन जस्तो तपाईंलाई महसुस हुन्छ भने आत्महत्या एक मात्र समाधानको बाटो जस्तो लाग्‍न सक्छ। तर सत्य के हो भने आत्महत्या एउटा समस्या हो समाधान होइन। अहिले तुरून्तै तपाईंको समस्याको समाधान नदेखिए तापनि यसको कुनै अरू समाधान छैन वा भविष्यमा समाधान देखिंदैन भन्‍न मिल्दैन। यसको मतलब अहिले समाधान नदेखिएको हो र हार नमानी जीवनको डोरीलाई कस्सेर पक्रिराख्‍नुपर्छ।

एकछिन सोच्‍नुहोस्: अहिले जस्तो महसुस गर्दै हुनुहुन्छ त्यस्तो कहिल्यै तपाईंलाई महसुस भएको थियो? यसका जवाफहरू यस्ता हुन सक्छन्: जीवनमा समस्याले खासै फरक नपारेको समय, त्यति खराब समय नभएको, अवस्था राम्रो भएको। यसको मतलब जीवनमा केही परिवर्तन भएकोले नै तपाईंले निराशा महसुस गर्नुभएको होइन र? परिवर्तनले गर्दा नै पीडा भएको हो भने के अर्को परिवर्तनले पीडा हटाउन सक्दैन र? त्यसैले धैर्य गर्नुहोस् र राम्रो परिवर्तन हुने समय अवश्य आउँछ। जीवन खुसी र दु:खको एउटा चक्र हो।

याद गर्नुपर्ने महत्त्वपूर्ण कुरा:

  • आत्महत्या गर्ने भावना आएमा आफैलाई दोष नदिनुहोस्। जीवनको बोझ जीवनको एउटा भाग मात्र हो। तपाईंको त्यसमा कुनै दोष छैन।
  • आत्महत्या गर्ने भावना आयो भन्दैमा तपाईंलाई खराब व्यक्ति, वा पागल जस्तो व्यक्ति वा कमजोर व्यक्ति वा गल्ती गर्ने व्यक्ति भनेर भन्‍न मिल्दैन।
  • आत्महत्याको भावना आयो भन्दैमा तपाईं साँच्चै मर्न चाहनुभएको होइन।

यसको मतलब हाल आफूले सामना गर्न सक्ने भन्दा धेरै पीडा तपाईंसित छ। यदि कसैले तपाईंको काँधमा भार थप्दै जान्छ र अन्तमा थाम्‍नै नसक्नेगरि थपिन्छ भने तपाईंले उठ्न चाहे पनि नसकेर लड्नुहुन्छ। यस्तो हुनु स्वभाविकै हो।

आत्महत्या गर्ने सोचाई हटाउन मदत गर्ने केही उपायहरू:

  • आफूलाई मदत गर्न सक्‍ने कुनै व्यक्तिसित कुरा गर्नुहोस् (साथी, प्रेमी, नातेदार, चिनेको वा अपरिचित मदतगार)
  • डाक्टर, थेरापिस्ट वा स्वास्थ्यकर्मीलाई देखाउनुहोस्।
  • आफूले आत्महत्या गरेपछि अरु व्यक्तिहरूलाई कस्तो हुन्छ होला र तिनीहरूलाई कति धेरै पीडा हुन्छ होला भन्‍ने विषयमा पनि सोच्‍नुहोस्।
  • कसैलाई बदला लिने वा के सन्देश दिएरै छाड्ने हिसाबले आत्महत्या गर्ने प्रयास नगर्नुहोस्।
  • यस्तै अवस्थाको सामना गरिरहेकाहरू सँग वा मदतकारी समूह वा यस्तै प्रकारको माध्यमबाट मदत खोज्‍नुहोस्।
  • आवेशमा आएर केही गर्न नखोज्‍नुहोस्।।
Sources
  • Felicitas Heyne, Psychologist
  • Audiopedia ID: np020909