आत्महत्या गर्ने सोचाई आउँदा डाक्टर थेरापिस्ट वा स्वास्थ्यकर्मीलाई किन देखाउनुपर्छ

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

आत्महत्याको मुख्य कारण डिप्रेसनको उपचार नभएर हो। कसैको लागि सुरू-सुरूमा आनन्द दिने क्षणहरू जस्तै: शिशुको जन्म वा नयाँ जागिर जस्ता कुराहरू तनावपूर्ण भएर पछि डिप्रेसन हुन सक्छ। उदाहरणको लागि पोस्टनेटल डिप्रेसन अर्थात् शिशुको जन्मपछि हुने डिप्रेसन धेरैलाई हुने गर्छ। पाँचजना महिलामध्ये एक जनालाई बच्चा जन्मेपछि यस्तो डिप्रेसन हुने गर्छ र धेरैजसो अवस्थामा त तिनीहरूलाई डिप्रेसन भएको कुरा थाह पनि हुँदैन।

दिमागमा रसायनीक पदार्थको सन्तुलन नभएपछि डिप्रेसन हुन्छ। यो एक किसमको रोग हो। त्यसैले तपाईंलाई डिप्रेसन छ भनेर दोषी भावना राख्‍नु आवश्यक छैन।

तपाईंलाई दुई हप्ताभन्दा लामो समय आत्महत्या गर्ने भावना आइरहन्छ भने तपाईं डिप्रेसन हुन सक्छ र उपचार आवश्यक हुन्छ। साइक्याट्रिस्ट वा फिजिसियन र थेरापिस्टलाई भेट्ने समय मिलाउनुहोस्। यसो गर्नुभयो भने तपाईंको अवस्था कस्तो छ भनेर थाह पाउन सकिन्छ। मुड स्थिर बनाउने औषधी र साइको थेरापी दुवै तरिका अपनाउँदा डिप्रेसन रोग निको हुन सक्छ।


Sources
  • Felicitas Heyne, Psychologist
  • Audiopedia ID: np020911