खुट्टा बौंडिन्छ भने के गर्न सकिन्छ

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

गर्भवती महिलालाई प्रायजसो पैंताला वा खुट्टा बौंडिने समस्या हुन्छ—विशेषगरि रातमा वा आफूलाई तन्काउँदा वा खुट्टाको टुप्पोले टेक्दा यस्तो हुन्छ। खानेकुरामा क्याल्सियमको कमी भएकोले गर्दा खुट्टा बौंडिने हुन्छ।

यसो हुन नदिन के गर्न सकिन्छ?

क्याल्सिय युक्त खानेकुरा जस्तै: दुध, चिज, तिल र हरियो सागपात प्रशस्त मात्रामा खाने गर्नुहोस्।

तपाईंको पैंताला वा खुट्टा बौंडिन्छ भने :

  • कुर्कुच्चो तलतिर लैजानुहोस् र खुट्टाको टुप्पो माथितिर ल्याउनुहोस्।
  • खुट्टामा हल्का थप्थपाएर खुकुलो अर्थात लुज बनाउनुहोस्।
  • खुट्टाको टुप्पोले नटेक्नुहोस्। यसो गर्दा झन् धेरै बौंडिन्छ।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010713