भूमिका निभाउने विषयमा कस्ता विवादहरू हुन्छन्

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

सामान्यतया, महिलाहरूले रोजगारी गर्नु वा जागिर खानु धेरै महत्त्वपूर्ण छ अनि यसो गर्नु सकारात्मक कुरा पनि हो। यसरी आफैले पैसा कमाउँदा तिनले परिवारमा, अझ धेरै नियन्‍त्रण गर्न सक्ने र प्रभाव पार्न सक्ने हुन्छिन्। साथै तिनले आफैमा भर पर्ने हुनुका साथै तिनको सामाजिक स्तर र सामाजिक सम्पर्क पनि बढ्ने हुन्छ।

यदि श्रीमान्‌ र श्रीमती दुवैजनाले पैसा कमाउँछन् भने परिवारको आमदानी धेरै हुन्छ र तिनीहरूको जीवनस्तर राम्रो हुन्छ। थुप्रै महिलाहरूले काम गरेर परिवारको आर्थिक जिम्मेवारी सम्हाल्दा आफूले गर्व अनि सन्तुष्‍ट महसुस गरेको बताउँछन्। तर कोही-कोही श्रीमान्‌हरू आफ्नी श्रीमती स्वतन्‍त्र भएको र तिनमा आत्मविश्‍वास भएको चाहँदैनन्।

थुप्रै देश र संस्कृतिमा परिवारको लालनपालन गर्ने जिम्मा खासगरि पुरूषको हो भनेर ठानिन्छ। महिलाले पैसा कमाउन थाले भने परम्परागतरूपमा परिवारको शिर भनेर दिइएको ओहदा गुम्‍ने हो कि भनेर डराउँछन् र परम्परागत रूपमा पाएको महिलाको भूमिका र तिनीबाट आशा गरिएको व्यवहार त्याग्दा दु:खी हुन्छन्।

महिला घरबाट टाढा काम गर्न गइन भने श्रीमान्‌लाई छोड्ने हुन् कि वा अर्कै परपुरूषसित लाग्‍ने हुन कि भन्‍ने डर कहिलेकाहीं पुरूषलाई लाग्‍न सक्छ। अन्य पुरुषहरूले भने सामान्यतया, महिलाहरूले काम गर्नको लागि घर छोडेर कहिल्यै टाढा जानु हुँदैन भनेर सोच्छन्। किनभने बाहिरको संसारले तिनीहरूलाई बिगार्न सक्छ वा बाहिरको संसारमा तिनीहरू टिक्न सक्दैनन् भन्‍ने सोचाई राख्‍छन्।

महिलाले आफै पैसा कमाउन थालेपछि परिवारमा अरुले तिनको अझ धेरै आदर र मोल गरेको आशा गर्छिन् र तिनको प्रभाव धेरै भएको पनि चाहन्छिन्। उदाहरणको लागि, परिवारमा कुनै निर्णय गर्नुपर्दा तिनले महत्त्वपूर्ण भूमिका खेल्ने चाहना गर्न सक्छिन् (उदाहरणको लागि पैसा के-के को लागि खर्च गर्ने भनेर)। धेरै पुरूषहरूलाई यस्तो कुरा मन पर्दैन र परिवारको शिर हुन नै रूचाउँछन्।

यस्तो प्रकारको भूमिकाको विवादले गर्दा वैवाहिक जीवनमा मनमुटाव हुन सक्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np021005