महिनावारीको दौडान भइरहने समस्याहरू के-के हुन्

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

यदि तपाईंलाई महिनावारी सम्बन्धी समस्या छ भने आफ्नो आमा, दिदी वा साथीहरूसँग कुरा गर्नुहोस्। उनीहरूले पनि तपाईंले जस्तै समस्याहरू भोगेका हुन सक्छन् र सायद तपाईंलाई पनि मदत गर्न सक्छन्।

महिनावारीको बेला भइरहने समस्याहरू:

  • रगत बग्‍ने क्रममा परिवर्तन हुने
  • महिनावारीको बेला दुखाइ महसुस हुने
  • महिनावारी हुनुअघिका समस्याहरू (पि.एम.एस) देखिने

खतराका संकेतहरू:

यदि महिलाहरूमा यी मध्ये कुनै संकेत देखिएमा तुरुन्तै उपचार गराउनुपर्छ:

  • नियमित महिनावारी नभएपछि पेट दुख्‍ने र रगत बग्‍ने हुँदा
  • गर्भावस्थाको अन्ततिर रगत बग्दा
  • शिसु जन्मेपछि, गर्भ तुहिएपछि वा गर्भपतन गरेपछि अत्याधिक रगत बग्दा
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010216