कपडा धुने काम गर्दा आउने स्वास्थ्य समस्याबाट कसरी बच्‍न सक्छु

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

लुगा धुँदा हातलाई सुरक्षित राख्‍न रबर वा प्लास्टिकको पञ्‍जा लगाउनुहोस्।

जति सक्दो हात सुख्खा रहन दिनुहोस्। काम गरिसकेपछि क्रिम वा घ्युकुमारी विरूवाको रस हातमा डल्नुहोस्। नङ्‍ग बाक्लो वा बिग्रन थालेको जस्तो लाग्यो भने जेन्सियन भ्वाइलेट अर्थात् घाउममा संक्रमण हुन नदिने झोल नङ्‍मा लगाउनुहोस्।

हात धुने ठाउँको छेउमा एक कचौरा चिसो कालो चिया वा सिरका पानी (लगभग एक लिटर पानीमा एक बिर्को सिरका ) राख्नुहोस्। हरेक पटक साबुन-पानीले हात धुँदा कालो चिया वा सिरका पानीमा एक मिनेट हात डुबाउनुहोस्।

डाबर आउने, पोल्ने वा चिलाउने जस्ता छालाका समस्याको लागि प्रयोग हुने विरूवाहरू तपाईंको इलाकामा छन् भने त्यसको रस प्रयोग गर्नुहोस्। ताजा विरूवा जमा गर्नुहोस् र राम्ररी धुनुहोस्, र यसलाई पिसेर लेदो बनाउनुहोस्। जति सक्दो धेरै पटक हातमा यस्तो लेपमा दल्नुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030131