के कारणले गर्दा मानिस अशक्त हुन्छ

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

गरिब मुलुकहरूमा गरिबी, दुर्घटना र युद्धले गर्दा मानिसहरू अशक्त हुन्छन्।

उदाहरणको लागि:

गर्भावस्थामा कुनै आमाले पर्याप्त खानेकुरा खान पाइनन् भने अशक्तता भएको बच्चा जन्मिन सक्छ (जन्मँदा हुने त्रुटि)।

शिशु वा सानो बच्चाले प्रशस्त मात्रामा खानेकुरा खान पाएनन् भने तिनी दृष्‍टिविहीन वा सुस्त मन्स्थितिको हुन सक्छन्।

फोहोर ठाउँमा र थुप्रै मानिस सँगै बस्दा, खानेकुरा पर्याप्त नपाउँदा र आधारभूत स्वास्थ्य सेवा वा खोपहरू नपाउँदा पनि मानिस अशक्त हुन सक्छ।

हालै भएका युद्धहरूमा सिपाहीहरूभन्दा धेरै महिला र बालबालिकाको मृत्यु हुने वा तिनीहरू अपाङ्ग हुने पाइएको छ।

तर अशक्ताका यी कारणहरूलाई निर्मूल पारे तापनि कुनै न कुनै मानिसहरू अशक्त हुने नै छन्, यो जीवनको एउटा प्राकृतिक भाग हो।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011103