सुरक्षित तरिकामा फोहर व्यवस्थापन कसरी गर्ने

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

यदि समाज वा टोलमा फोहर संकलन गर्ने प्रबन्ध छैन भने प्रत्येक परिवारले हरेक दिन फोहर गाड्न वा जलाउन एउटा खाल्टो बनाउनुपर्छ।

यदि सम्भव हुन्छ भने फोहरलाई गाड्न, कम्पोस्ट मल बनाउन वा जलाएर नष्‍ट गर्न सकिन्छ। यदि तपाईं फोहर गाड्नु हुन्छ भने खाल्टोको गहिराइ पर्याप्त हुनुपर्छ, यसो गर्दा जनावर वा किराहरू फोहरमा जान पाउँदैन।

यदि फोहर खाल्टोमा नभइ जमिनमाथि छ भने बार लगाउनुहोस र झिंगा आउन नदिन फोहरलाई माटोले पुरिदिनुहोस्।

खेर गएको खाने कुरालाई कम्पोस्ट मल बनाएर आफ्नो बालीनालीमा प्रयोग गर्नुहोस्।

साथै, खतरनाक अनि विषाक्त पदार्थबाट जोगिन सुरक्षित तरिका अपनाउनुहोस्। उदाहरणको लागि, प्लास्टिक नजलाउनुहोस्। किनभने यसको धुवाँ विषाक्त हुने भएकोले विषेशगरि बच्चा, वृद्ध अनि बिरामीलाई यसले धेरै असर गर्न सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010109