बच्चाहरूको खानालाई कसरी सुरक्षित तरिकामा तयारी गर्ने र राख्‍ने

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

शिशु अनि साना बच्चाहरूको लागि खाना तयार गर्दा विषेश ध्यान पुर्‍याउनु पर्छ। उनीहरूको खानेकुरा ताजा हुनुपर्छ र तुरून्तै खुवाउनुपर्छ, त्यतिकै राखिरहनु हुँदैन।

शिशु र साना बच्चाको लागि सबै भन्दा सुरक्षित (सबैभन्दा पोषणयुक्त) आहार नै आमाको दुध हो। आमाको दुध निकालिएको छ भने त्यसलाई सफा भाँडोमा छोपेर आठ घण्टासम्म घरभित्रको तापक्रमा राख्‍न सकिन्छ। यदि हुर्किसकेको बच्चालाई जनावरको दुध पिउन दिंदै हुनुहुन्छ भने उक्त दुधलाई उमालेको हुनुपर्छ वा पाश्‍चराइज (दुधलाई तताएर हानिकारक जीवाणुहरू मार्ने विशेष तरिका) गरिएको हुनुपर्छ।

काँचो वा पकाएको बासी खानेकुरा खतरनाक हुन सक्छ। काँचो खानेकुरालाई राम्ररी धुनुपर्छ वा पकाउनुपर्छ। पकाएको खानेकुरा ढिला नगरी खाइहाल्नुपर्छ वा चिसो भएको छ भने फेरि तताएर मात्र खानुपर्छ।

कुखुराको मासु र त्यसका उत्पादनहरू बेस्सरी पकाइएको छ भने मात्र कुखुराबाट सर्ने फ्लुको महामारीबाट (बर्ड फ्लू) जोगिन सकिन्छ।

बच्चाहरूलाई काँचो फलफुल तथा तरकारी खुवाउँदै हुनुहुन्छ भने पहिला त्यसलाई खुर्किनु वा राम्रोसँग सफा पानीले धुनुपर्छ। फलफुल तथा तरकारीहरूमा प्रायजसो किटनाशक र अन्य झारपात नष्‍ट गर्ने रसायनीक पदार्थ छर्किएको हुन्छ, अनि यस्तो रसायनीक निकै हानिकारक हुन सक्छ।

काँचो खानेकुरा छोइसकेपछि आफ्नो हात राम्ररी साबुन पानीले धुनुहोस्। काँचो खानेकुराहरू विषेशगरि कुखुराको मासु र समुद्री खानेकुरामा प्रायजसो किटाणुहरू हुन्छ। काँचो खानेकुरा र पकाएको खानेकुरा छ्यासमिस भयो भने सजिलै किटाणुहरू फैलिन्छ र केही घण्टामै किटाणुहरू पाकिसकेको खाने कुरामा बढ्न थाल्छ। त्यसैले काँचो र पकाइसकेको खानेकुरा सधैं छुट्टा-छुट्टै राख्नुपर्छ। काँचो खानेकुरा काटिसकेपछि चक्कु, चपिङ बोर्ड (अचानो) र काटेको ठाउँहरूलाई सधैं साबुन पानीले सफा गर्नुपर्छ।


Sources