केशोरीहरूको स्वास्थ्यको लागि विशेष आवश्यकता पर्ने कुराहरू के-के हुन

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

किशोरीहरूको उमेर १० र १५ वर्ष बीचको हुँदा, तिनीहरूको शरीर विकास भएर वयस्क शरिरमा परिवर्तन हुन्छ। यी वर्षहरूमा रमाइलो हुनुका साथै गाह्रो पनि हुन सक्छ। आफ्नो शरिरमा कहिल्यै अनुभव नगरेका नयाँ-नयाँ कुराहरू हुँदा एक जवान किशोरीले आफूलाई न त सानी केटी जस्तो ठान्छिन् न त वयस्क महिला जस्तो नै ठान्छिन। यस्ता परिवर्तनहरूबारे तिनीसित कसैले कुरा गरेका छैनन् भने त्यो समय तिनको लागि झनै गाह्रो हुनुका साथै अब यसपछि के हुन्छ होला भनेर तिनलाई थाहै नहुन सक्छ।

यस्तो बेलामा किशोरीहरूले राम्रो खानेकुराहरू खाएर स्वस्थ रहन सक्छन्। यो उमेरमा तिनको शरीर विकाश हुन पर्याप्त प्रोटिन, भिटामिन र खनिज पदार्थ आवश्यक पर्छ। किशोरीहरूलाई, किशोरहरूलाई चाहिने जत्तिकै खानेकुरा आवश्यक पर्छ। पर्याप्त खानेकुरा खान पाएमा तिनी धेरै बिरामी हुँदैनिन् र स्कुलमा पनि सफल हुन सक्छिन्। तिनी गर्भवती अवस्थामा स्वस्थ हुनुका साथै सुरक्षित रूपमा बच्चा जन्माउन सक्‍ने र वृद्धावस्थामा समेत तिनी स्वस्थ हुन सक्छिन्।

किशोरीहरूलाई पनि सही प्रकारका खानेकुराहरू चाहिन्छ। महिनावारी हुन थालेमा प्रत्येक महिना तिनको शरिरबाट केही मात्रामा रगत खेर जान्छ। यस्तो अवश्थामा रक्तअल्पता हुन नदिन तिनले आइरनयुक्त खानेकुरा खानुपर्छ। साथै, किशोरी र महिला दुवैको हड्डी बलियो बनाउन मदत गर्ने क्याल्सियमयुक्त खानेकुरा पनि तिनीहरूले खानुपर्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020802