आत्महत्या गर्ने सोचाई आउँदा किन मदत खोज्‍नु आवश्यक छ

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

हाम्रो मानसिक स्वास्थ्यलाई जोगाउनको लागि बलियो सामाजिक मदत र बलियो सम्बन्ध धेरै महत्त्वपूर्ण छ। आत्महत्या गर्नेहरूले प्राय एक्लो महसुस गर्छन्। तपाईंसित आफ्नो जोडी, परिवार र थुप्रै साथीहरू भए तापनि तपाईंलाई एक्लो महसुस हुन सक्छ। आफ्नो वरपर थुप्रै मानिसहरू भएपनि तिनीहरूसित गहिरो सम्बन्ध हुँदैन। तपाईंले आत्महत्या गर्ने सोच्दै हुनुहुन्छ भने तपाईंलाई कसैले बुझ्दैन वा मदत गर्न सक्दैन भनेर सोच्दै हुनुहुन्छ होला। तर तपाईं पूर्णरूपमा गलत हुनुहुन्छ।

अरू महिलाहरूसित भेटघाट गर्दा तपाईंले बल पाउनुहुनेछ र हरेक दिन सामना गर्ने समस्यासित लड्न सक्नुहुनेछ। यो संसार सानो छ। त्यसैले एकअर्कासित कुराकानी गरेर सबै मानिसहरूले एकै प्रकारको समस्या सामना गर्दा रहेछन् भनेर तपाईंले महसुस गर्नुहुनेछ। यसो गर्दा आफ्नो बोझ कम गर्न मदत पाउनुहुनेछ र समस्याको जड पत्ता लगाउन सक्नुहुनेछ।

त्यसबाहेक समस्याबारे समूह वा अरू महिलाहरूसित छलफल गर्दा समाधान पत्ता लगाउन सजिलो हुन्छ। तपाईंको अवस्था कसरी परिवर्तन गर्ने भनेर तपाईंले कहिल्यै नसोचेको उपाय अर्को कुनै महिलासित हुन सक्छ वा अरूको लागि तपाईंसित त्यस्तो उपाय हुन सक्छ।

कहिलेकाहीं महिलाहरूले आफ्नो भावना लुकाउँछन् (वा त्यस्तो भावना छ भनेर थाह नहुन पनि सक्छ), किनभने कुनै-कुनै भावना गलत, खतरनाक वा लाजमर्दो हुन्छ भनेर तिनीहरू सोच्छन् वा तिनीहरूलाई सिकाइएको हुन्छ। अरू महिलाहरूले यस्ता भावनाहरू व्यक्त गर्दा आफ्नै भावनाबारे थाहा पाउन मदत पनि मदत मिल्छ। अन्य महिलाहरूले तपाईंलाई समस्याबारे केलाउन मदत दिन सक्छन्। यसो गर्दा तपाईं आवेशमा आएर सोच्दै नसोचिकन कदम चाल्नबाट जोगिनुहुनेछ। यसलाई भावनात्मक मदत भनिन्छ र विशेषगरि आत्महत्या गर्ने सोचाइ आउँदा यस्तो मदत आवश्यक पर्छ।

Sources
  • Felicitas Heyne, Psychologist
  • Audiopedia ID: np020914