एच.आइ.भि को परिक्षण कसरी गरिन्छ

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

एच.आइ.भि का जिवाणुहरू शरीरभित्र छिर्ने बित्तिकै शरीरले तुरुन्तै ती भाइरसको बिरुद्धमा लड्न रोग प्रतिरोधी तत्त्वहरू (एन्टीबडिज) पैदा गर्छ। यस्ता रोग प्रतिरोधी तत्त्वहरू २ देखि ४ हप्तापछि रगतमा देखिन थाल्छ।

एच.आइ.भि को परीक्षण भनेको यस्ता रोग प्रतिरोधी तत्त्वहरू छन् कि छैनन् भनेर गरिने जाँच हो। एच.आइ.भि को परीक्षणबाट मात्रै कुनै व्यक्तिमा एच.आइ.भि को संक्रमण भएको छ कि छैन भनेर थाहा पाउन सकिन्छ। यो परीक्षण एड्स को लागि होइन।

तुरून्तै एच.आइ.भि को परीक्षण गर्ने व्यवस्था थुप्रै स्वास्थ्य चौकी वा अस्पतालहरूमा छ र यो थोरै पैसामा वा नि:शुल्क रुपमा गरिन्छ। आफ्नो परीक्षणको नतिजा एकै दिनमा प्राप्त गर्न सक्नुहुन्छ।

यस परीक्षणबाट एच.आइ.भि पोजेटिभ देखिएमा तपाईंको शरीर एच.आइ.भि संक्रमित छ भन्‍ने बुझिन्छ र शरीरले एच.आइ.भि को बिरुद्धमा लड्न रोग प्रतिरोधी तत्त्वहरू बनाउँछ। आफूलाई स्वस्थ महसुस भए तापनि तपाईंले अरुलाई भाइरस सार्न सक्नुहुन्छ।

परीक्षणबाट एच.आइ.भि नेगेटिभ देखियो भने यी दुई मध्ये एउटा कुरा हुन सक्छ।

  • तपाईंलाई एच.आइ.भि को संक्रमण भएको छैन वा
  • तपाईंलाई भर्खरै मात्र संक्रमण भएको छ तर शरीरले एच.आइ.भि को बिरुद्धमा लड्न कुनै पनि रोग प्रतिरोधी तत्त्वहरू नबनाएकोले गर्दा परीक्षणमा पोजेटिभ परिणाम देखिदैन।

तपाईंको रगतमा एच.आइ.भि नेगेटिभ अर्थात् संक्रमण देखिएन, तर तपाईंलाई लाग्छ कि तपाईं संक्रमित हुनुहुन्छ भने ६ हप्तापछि फेरि परीक्षण गराउनु बेस हुन्छ। कहिलेकाहीं संक्रमण देखिएको छ भनेर रिपोर्ट आए पनि फेरि जचाउनु बेस हुन्छ। यस्तो निर्णय गर्न स्वास्थ्यकर्मीले तपाईंलाई मदत गर्न सक्छ।

महत्त्वपूर्ण: नेगेटिभ परिणाम भनेको तपाईंले परीक्षण गर्दा मात्र एच.आइ.भि संक्रमण नभएको अवस्था हो। तर तपाईंले आफूलाई सुरक्षित राख्नुभएन भने तपाईंलाई यो संक्रमण लाग्‍न सक्छ। सुरक्षित तरिकामा यौन सम्बन्ध राख्‍नुहोस्। कन्डमको प्रयोग गर्नुहोस्।

एच.आइ.भि परीक्षण गर्न:

  • तपाईंको अनुमति चाहिन्छ।
  • परीक्षणको अघि र पछि सल्लाह लिनुपर्छ।
  • गोपनीयता कायम गर्नुपर्छ। तपाईं र तपाईंले चाहनु भएका व्यक्तिहरू बाहेक कसैले पनि नतिजा थाह हुनुहुँदैन।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011009