गर्भावस्था र प्रसुतीबारे मलाई के थाह हुनुपर्छ

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

हरेक गर्भवती महिलाको लागि स्वस्थ सरिर, राम्रो खानेकुरा अनि परिवार र समाजको माया र मदतको आवश्यकता पर्छ। धेरैजसो महिलाहरूले गर्भावस्थाको दौडान स्वस्थ महसुस गर्छन् र शिशु जन्माउँदा कुनै गाह्रो हुँदैन। थुप्रै शिशुहरू पनि स्वस्थ नै जन्मने गर्छन्।

तर, अर्को तर्फ गर्भावस्था, महिलाले जीवनमा सामना गर्ने मुख्य खतरा पनि हुन सक्छ। हरेक वर्ष लगभग पाँच लाख महिलाहरूको गर्भावस्था र प्रसुती समस्याले गर्दा मृत्यु हुने गर्छ (यसलाई मातृ मृत्युदर भनिन्छ), विषेशगरि गरिब देशहरूमा यस्तो हुन्छ।

स्वास्थ्यको सामान्य ख्याल राखेको खण्डमा यसमध्ये थुप्रै महिलालाई मृत्युदेखि जोगाउन सकिन्छ। यस पाठमा (अध्याय) गर्भवती महिलाले आफ्नो ख्याल कसरी राख्‍न सक्छिन् वा अरूले त्यसो गर्न कसरी मदत गर्न सक्छन् भन्‍ने विषयमा जानकारी पाइन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010702