बढ्दो उमेरसँगै म कसरी बिरामी हुनबाट जोगिन सक्छु
From Audiopedia
केही मानिसहरूले वृद्ध हुनु भनेको धेरैजसो समय बिरामी पर्नुपर्ने समय भनेर सोच्छन्। तर यो सत्य कुरा होइन। कुनै महिलाले बिसञ्चो महसुस गरेकी छिन् भने उनी बिरामी भएकी हुन सक्छिन्, तिनलाई उपचार गर्न सकिन्छ। बिरामी हुनु भनेको उमेरसँग सम्बन्धित कुरा होइन। उनलाई सक्दो चाँडै उपचार गराउनुपर्छ।
तपाईं बिसञ्चो महसुस गर्दै हुनुहुन्छ र आफैले समस्याको समाधान गर्न सक्नुभएन भने स्वास्थ्यकर्मीकहाँ गएर देखाउनुहोस्।