मैले परिवार नियोजन किन गर्नुपर्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

जवानहरूले आफ्नो शरीर पूरा विकास नहुँदासम्म गर्भधारण नहोस् भनेर परिवार नियोजनका स्थायी साधन प्रयोग गर्न सक्छन्। त्यसपछि पहिलो बच्चा जन्मिसकेपछि तिनले फेरी गर्भधारण गर्ने हो भने २ वर्ष वा त्यो भन्दा धेरै समय कुर्नु बेस हो। यसरी बच्चा जन्माउने तरिकालाई चाइल स्पसिङ् अर्थात् बच्चाहरूको बीचमा अन्तर (जन्मान्तर) भनिन्छ। यो तरिका अपनाउँदा आमाले गर्भधारणको बीचमा आफ्नो शरीरलाई बलियो बनाउन सक्छिन् र तिनको शिशुको स्तनपान पनि पूरा हुन्छ। चाहिने जति बच्चा जन्माइसकेपछि उनले अब यो भन्दा बढी बच्चा नजन्माउने भनेर निर्णय गर्न सक्छिन्।

स्वस्थ बच्चा र आमाको लागि यी कुराहरू नगर्नु नै बेस हुन्छ:

  • छिटै बच्चा जन्माउने,
  • एकदमै ढिला बच्चा जन्माउने,
  • थुप्रै बच्चा जन्माउने,
  • कम समयको अन्तरालमा बच्चाहरू जन्माउने।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010207