एच.आइ.भि फैलिन नदिन कसरी औजारहरूलाई किटाणुरहित बनाउन सकिन्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

आफ्नो औजारहरू प्रयोग गरिसकेपछि पहिलो र दोस्रो कदम अपनाउनुपर्छ। औजारहरूमा रगत र राल जस्ता कुराहरू लागेर त्यसमा सुक्न नदिनुहोस्। औजारहरू फेरि प्रयोग गर्नुअघि तेस्रो कदम अपनाउनुहोस्। यी सबै तरिकाहरू अपनाइयो भने आफ्नो औजारहरूलाई किटाणुरहित बनाउन सकिन्छ।

१. भिजाउने आफ्नो औजारहरूलाई १० मिनेटसम्म भिजाउनुहोस्। यदि सम्भव भएमा ०.५% ब्लिचको (क्लोरिन) मात्रा भएको सोलुसन (घोल) प्रयोग गर्नुहोस्। यसरी औजारहरूलाई पहिल्यै ब्लिच पानीमा भिजाएर राख्‍नुभयो भने सफा गर्दा तपाईंलाई संक्रमण हुनबाट जोगाउँछ। यदि ब्लिच छैन भने औजारहरू पानीमा मात्रै भएपनि भिजाउनुहोस्।

२. धुने: सबै औजारहरूलाई साबुन-पानीले धुनुहोस् अनि सफा नदेखिउन्जेलसम्म ब्रस लगाउनुहोस्। त्सपछि सफा पानीले पखाल्नुहोस्। सफा गर्दा औजारको धारले आफूलाई नकाटोस भनेर होसियार हुनुहोस्। सम्भव छ भने बाक्लो पञ्‍जा लगाउनुहोस् वा कुनै पनि पञ्‍जा लगाउन सक्नुहुन्छ।

३. किटाणुरहित बनाउने: औजारहरूलाई २० मिनेटसम्म बाफमा सेकाउने वा पानीमा उमाल्नुहोस् (भात पकाउने समय जत्तिकै समय लाग्छ)।

  • बाफले सेकाउन ढक्कन भएको भाँडा चाहिन्छ। पानीमा औजारहरू डुब्नुपर्छ भन्‍ने छैन तर २० मिनेटसम्म पानी उम्लिएर बाफ ढक्कनबाट उडिरहन पुग्‍ने जति पानी हुनुपर्छ।
  • औजारहरू उमाल्नको लागि भाँडो भरि पानी राख्नु पर्दैन। तर पानी उम्लिने समयभरि भाँडोमा भएको औजारहरू पानीमा डुब्नुपर्छ। सम्भव छ भने भाँडोलाई ढक्कनले छोप्‍नुहोस्।

बाफले सेकाउने वा पानीमा उमाल्ने जे गरेपनि पानी २० मिनेटसम्म पूरै उम्लिनुपर्छ। यसरी उमाल्न सुरु गरिसकेपछि बीचमा फेरि अर्को औजार ल्याएर त्यसमा नराख्नुहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011008