यौन सम्पर्कबिना पनि कसरी सम्बन्ध राख्‍न सकिन्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

मायालु सम्बन्ध विकास गर्न दुवैले एकअर्कालाई समय दिनुपर्छ, एकअर्काको ख्याल राख्नुपर्छ र एकअर्कालाई आदर र भरोसा गर्नुपर्छ। तपाईंले कसैको ख्याल राख्नुहुन्छ भनेर देखाउने तरिका यौन सम्बन्ध मात्र होइन। यौन सम्बन्ध राख्दैमा कसैले माया गर्छ भन्‍ने कुनै ग्यारेन्टी छैन।

एकअर्कामा यौन सम्बन्ध नराखीकनै पनि सँग सँगै आफ्नो समय बिताउन सकिन्छ। कुराकानी गरेर र अनुभव साटासाट गरेर एकअर्काको विषयमा महत्त्वपूर्ण कुरा सिक्न सक्नुहुन्छ। जस्तै: तपाईंहरूले जीवनलाई कुन दृष्‍टिकोणले हेर्ने, कसरी सँगै निर्णय गर्ने, कस्तो किसिमको जोडी छान्‍ने र कस्तो आमाबुबा बन्‍ने र जीवनको विषयमा एकअर्काले बनाएको योजनाहरूप्रति कस्तो धारणा राख्‍ने जस्ता विभिन्‍न कुराहरू सिक्‍न सक्नुहुन्छ। एक-अर्कालाई स्पर्स गर्दा मात्र (यौन सम्पर्कविना) पनि सन्तुष्‍टिजनक हुन सक्छ। यदि आफूलाई वशमा राख्‍न सकिन्छ र तयार नभएको बेला यौन सम्बन्ध राख्‍ने हदसम्म पुगिदैन भने स्पर्श गर्दैमा खतरा हुँदैन।

तपाईंको केटा साथीसित कुरा गर्ने प्रयास गर्नुहोस्। तिनी तपाईंको लागि सही व्यक्ति हुन् र यौन सम्बन्ध राख्‍न तपाईं कुर्न चाहनुहुन्छ भने कुर्ने तरिकाहरूबारे कुरा गर्नुहोस्। यसरी कुरा गर्नु भयो भने सायद तिनी पनि यौन सम्बन्ध राख्‍न चाहँदैनन् भनेर थाह पाउन सक्नुहुनेछ। तपाईंले एक-अर्कालाई आदर गर्नुहुन्छ भने कुनै निर्णय गर्दा सँगै गर्नुहुनेछ।

आफ्ना साथीहरूसित पनि कुरा गर्नुहोस्। यसो गर्नुभयो भने आफ्ना किशोरी साथीहरूले पनि आफ्नो जस्तै समस्याको सामना गरिरेहेका रहेछन् भनेर थाह पाउनुहुनेछ। यौन सम्बन्ध नराखे तापनि एकअर्कासित राम्रो सम्बन्ध कायम गर्न सकिन्छ। यदि तपाईंलाई यौन सम्बन्ध राखिसकेकी साथीले सल्लाह-सुझाव दिन्छिन् भने त्यसबारे दुई पटक विचार गर्नुहोस्। यस्तो पनि हुन सक्छ कि तपाईंको साथीले जे गर्दै छिन् राम्रो गर्दै छिन् भनेर आफूलाई महसुस गराउन मात्र तपाईंलाई यौन सम्बन्ध राख्‍ने दबाव दिन सक्छिन्। यस्तो प्रकारको दबावलाई 'साथीहरूको दबाव' भनिन्छ।



Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020812