के प्रत्येक बच्चाहरूलाई खोप लगाइदिनुपर्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

धेरै जसो अभिभावकहरू बच्चालाई ज्वरो आएकोले, खोकी, चिसो वा झाडापखाला लागेकोले वा अन्य बिरामीका कारणले गर्दा खोप लगाउन जाँदेनन्। तर सामान्य खालको बिरामी हुँदा समेत खोप लगाउनु बच्चाको लागि सुरक्षा हुन्छ।

अशक्त वा कुपोषण भएको बच्चालाई पनि खोप लगाएमा सुरक्षा हुन्छ। यदि बच्चालाई एच.आइ.भि लागेको छ वा एच.आइ.भि लागेको शङ्‍का छ भने कुन खोप लगाउनु उपयुक्त हुन्छ भनेर पत्ता लगाउन तालिम प्राप्त स्वास्थ्यकर्मीसित सम्पर्क गर्नुपर्छ।

सुई लगाएपछि बच्चा रुन सक्छ वा ज्वरो आउनुका साथै सुई लगाएको ठाउँमा सानो बिबिरा आउने र हल्का दुख्‍ने पनि हुन सक्छ। यस्तो हुनु सामान्य हो। अनि यस्तो भएमा खोपले काम गर्दैछ भन्‍ने पनि बुझिन्छ। छ महिनाभन्दा कम उमेरका बच्चाहरूलाई नियमित स्तनपान गराउनुपर्छ अनि हुर्किसकेका बच्चाहरूलाई प्रशस्त मात्रामा झोल अर्थात तरल पदार्थका साथै खानेकुरा खुवाउनुपर्छ। यदि बच्चालाई धेरै ज्वरो आएमा (३८ डिग्री सेल्सियस भन्दा धेरै) तालिम प्राप्त स्वास्थ्यकर्मीकहाँ वा स्वास्थ्य केन्द्रमा लैजाउनुपर्छ।

कुपोषण भएका बच्चाहरूका लागि दादुरा निकै खतरनाक हुन सक्छ। त्यसैले कुपोषण धेरै भएको ठाउँमा बच्चाहरूलाई दादुरा विरुद्ध खोप लगाइदिनुपर्छ।

Sources