आत्महत्या किन महिलाहरूमा सबैभन्दा ठूलो समस्या बनेको छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

महिलाहरूभन्दा तीन गुणा धेरै पुरूषहरूको आत्महत्याको कारण मृत्यु हुने गर्छ। यसको मतलब १ जना महिलाले आत्महत्या गर्दा लगभग ३-४ जना पुरूषले आत्महत्या गरेको हुन्छ। तर आत्महत्या गर्ने प्रयासमा भने उल्टो देखिन्छ। पुरूषहरूले भन्दा तीन गुणा धेरै महिलाहरूले आत्महत्या गर्ने प्रयास गर्छन्।

तर विकासोन्मुख देशहरूमा यो सङ्ख्या फरक-फरक भएको पाइएको छ। आत्महत्या गर्ने महिलाहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ अनि पुरूष र महिलाले गर्ने आत्महत्या सङ्ख्याबीचको अन्तर कम हुँदै छ। यस्तो देशहरूमा धेरैजसो जवान विवाहित महिलाहरूले आफ्नो ज्यान लिने खतरा धेरै हुन्छ। उदाहरणको लागि, संसारमा नै सबैभन्दा धेरै दक्षिण भारतमा जवान महिलाले आत्महत्या गर्ने गरेको पाइएको छ। संसारभरिमा जवान किशोरीले सबैभन्दा धेरै आत्महत्या गरेको वर्ष सन् २०१५ हो। १५ देखि १९ वर्ष उमेरका किशोरीहरूको मृत्यु दुर्घटना, रोग (एच.आइ.भि/एड्स वा फ्लु) वा गर्भवतीमा आउने समस्याले नभइ सबैभन्दा धेरै आत्महत्याले गर्दा भएको कुरा पत्ता लगाइएको छ।

Sources
  • Felicitas Heyne, Psychologist
  • Audiopedia ID: np020903