मानिसहरूले किन लागू पदार्थ र रक्सीको दुरुपयोग गर्छन्

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

थुप्रै मानिसहरू आफ्नो जीवनमा आउने समस्याहरूबाट भाग्‍नको लागि लागू पदार्थ वा रक्सीको दुरुपयोग गर्छन्। सबै प्रकारका मानिसहरू यस्तै गर्छन्। तर जुन व्यक्तिको अभिवावकहरूले रक्सी वा लागू पदार्थको दुरुपयोग गर्छन् प्रायजसो उनीहरूका छोराछोरीहरूले पनि समस्याहरूको सामना गर्न यस्तै तरिका अपनाउँछन्। किनकि लागू पदार्थ वा रक्सीको दुरुपयोग गर्ने ‘कमजोरी’ आफ्नो बुवा-आमाबाट छोराछोरीमा सर्छ। आफ्ना बुबाआमाहरूले समस्याबाट भाग्‍न लागू पदार्थको सहारा लिएको बच्चाहरूले याद गर्छन् अनि तिनीहरूले पनि आफ्ना बुबाआमाकै व्यवहार सिक्छन्।

आफूले जीवनमा भोगिरहेको दयनीय अवश्था कुनै दिन सुध्रिएला भन्‍ने आशा नभएकाहरूले प्रायजसो रक्सी वा लागू पदार्थको दुरुपयोग गर्छन्। आफ्नो घरबाट टाढा हुनुपरेकाहरू, जागिर गुमाएर वा जिविकोपार्जन गर्न गाह्रो भएर गम्भीर समस्या भोगिरहेकाहरू, वा परिवारका सदस्य गुमाएका अनि आफ्नो जोडीले त्यागेकाहरूले पनि लागू पदार्थ र रक्सीको दुरुपयोग गर्ने खतरा धेरै हुन्छ। महिलाहरू कुनै पनि कुरामाथि आफ्नो नियन्त्रण नहुँदा वा आफ्नो जीवनलाई परिवर्तन गर्न नसक्दा प्रायः लागू पदार्थ वा रक्सीको दुर्व्यशनमा फस्छन्। उनीहरू आफ्नो जोडी वा पुरूष परिवारको सदस्यमा भर पर्नुपर्ने वा तिनीहरूको दयामा बाँच्‍नुपर्ने महसुस गर्न सक्छन्। यदि समाजमा महिलाहरूलाई तल्लो दर्जामा राख्‍ने गरिन्छ भने तिनीहरूले आफूलाई मूल्यवान् ठान्‍न गाह्रो हुन्छ। दु:खको कुरा, लागू पदार्थ वा रक्सीले यी समस्याहरूलाई अझै नराम्रो बनाउँछ अनि मानिसहरूले आफ्नो जीवनलाई झनै सुधार्न गाह्रो भएको महसुस गर्छन्। लागू पदार्थ वा रक्सीको दुरुपयोग गर्नेहरू आफ्नो अवश्थालाई सुधार्न खोज्‍नुको साटो आफ्नो समय, पैसा र स्वास्थ्यलाई खेर फालेर समस्याबाट भाग्‍न वा त्यसलाई भुल्न खोज्छन्।

जब कुनै व्यक्ति लागू पदार्थ वा रक्सीको दुर्व्यशनमा फस्छ भने तिनको दिमाग र शरीरले लागू पदार्थको तीब्र चाहना गर्न थाल्छ अर्थात् आफूले नियन्त्रण गर्न नसक्नेगरि तिनको चाहना बढ्छ। जब दिमागलाई यसको आवश्यकता पर्छ तब त्यसलाई डिपेन्डेन्स् अर्थात् लागू पदार्थमा भर पर्नु भनिन्छ। कुनै मानिसको शरीरले लागू पदार्थ सेवन गर्ने तीब्र चाहना गर्छ र त्यो पूरा नभएमा बिरामी पर्छ भने यसलाई अडिक्शन अर्थात् लत बसेको भनिन्छ। रक्सी र केही लागू पदार्थको कारण कुलतमा फस्‍न सक्छ। कुनै व्यक्ति यस्तो कुलतमा फस्यो भने तिनले रक्सी वा लागू पदार्थको असर महसुस गर्न पछि झन् धेरै प्रयोग गर्नुपर्ने हुन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010305