पुरुषले गरेको हिंसाले महिलामा के कस्ता हानिकारक असरहरू पार्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

पुरुषको हिंसात्मक व्यवहारले महिलामा यस्तो असर गर्छ:

  • केही गर्ने उत्प्रेरणाको कमी वा आत्म मूल्याङ्कनको कमी हुने।
  • मानिशिक स्वास्थ्यमा समस्या हुनुका साथै चिन्ता हुने अनि खाना मन नलाग्‍ने र निन्द्रा नआउने जस्ता समस्याहरू आउन सक्छन्।

महिलाले यस्ता हिंसात्मक व्यवहारको सामना गर्न आफूमा लापर्वाही गर्दै लागू पदार्थ वा रक्सी सेवन गर्ने वा थुप्रै व्यक्तिहरूसँग यौन सम्पर्क राख्‍ने जस्ता हानिकारक बानी बसाल्न थाल्छिन्।

  • गम्भीर दुखाई वा चोटपटक: हड्डी भाँचिने, आगोले जल्ने, आँखा वरिपरि कालो भएर आउने, काटेर घाउ हुने, छाला खुइलिनुका साथै टाउको दुख्‍ने, पेट दुख्‍ने, र मांशपेशी दुख्‍ने जस्ता समस्याहरू दुर्व्यवहार भोगेको लामो समय पछि सम्म पनि भइ नै रहन्छ।
  • यौन स्वास्थ्यमा समस्या: थुप्रै महिलालाई गर्भावश्थामा कुटपिट गरेकोले गर्भ तुहिएको छ। साथै यौन दुर्व्यवहारको कारण नचाहँदा नचाहँदै गर्भवती हुने र यौन जन्य संक्रमण हुनुका साथै एच.आइ.भि-को संक्रमण पनि हुन सक्छ। यौन दुर्व्यवहारको कारण यौन सम्पर्क राख्‍न डर लाग्‍ने, यौन सम्पर्कको बेला दुखाइ महसुस हुने र यौन चाहना नहुने जस्ता समस्याहरू हुन्छन्।
  • मृत्यु
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020111