कम उमेरमा गर्भवती हुँदा मेरो लागि किन खतरनाक हुन सक्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

थुप्रै किशोरीहरूको शरीर सुरक्षित र स्वस्थ बच्चा जन्माउनको लागि तयार भैसकेको हुँदैन।

किशोरीहरू गर्भवती भए भने प्रायजसोलाई गर्भावस्थामा प्रि-इक्लेम्पसिया अर्थात् गर्भावस्थामा देखिने रोग लाग्‍न सक्छ (यसले गर्दा छारे रोग हुन सक्छ)।

किनभने बच्चा निस्कनको लागि तिनीहरूको शरीर धेरै सानो भएकोले १७ वर्ष मुनिका आमाहरूलाई बच्चा जन्माउँदा लामो व्यथा लाग्‍ने र व्यथा निकै गाह्रो हुनुका साथै बच्चा अड्किने जस्ता समस्याहरू हुन सक्छ। स्वास्थकर्मीको मदतविना यस्ता समस्या भएका किशोरीहरूको मृत्यु हुन सक्छ। बच्चा अड्किने भयो भने योनी च्यातिन सक्छ, जसले गर्दा दिशा र पिसाब चुहिन सक्छ।

१७ वर्षभन्दा मुनिका किशोरीहरूले बच्चा जन्माउँदा तिनको बच्चा धेरै सानो हुने र समय नपुग्दै जन्मने हुन्छ।

तपाईं गर्भवती हुनुभयो भने तुरून्तै तालिम प्राप्त सुँडेनी वा स्वास्थ्यकर्मीलाई जचाएर कसरी सुरक्षित तरिकामा बच्चा जन्माउने भनेर पत्ता लगाउनुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020810