अशक्तताको बारेमा कस्ता गलत विचारधाराहरू छन्

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

दशजना महिलामध्ये एकजनालाई अशक्ताको कारण हरेक दिन जिउन गाह्रो हुन्छ। तिनलाई हिंडडुल गर्न, केही कुरा उठाउन, हेर्न, सुन्‍न वा आफ्नो दिमाग चलाउन गाह्रो हुने जस्ता समस्याहरू आइ पर्न सक्छन्।

यस अध्यायमा हामी 'अशक्त महिला' भन्‍ने शब्द नभई 'अशक्तता भएको महिला' भन्‍ने शब्द प्रयोग गर्नेछौं। यसरी शब्द परिवर्तन गर्दा अशक्तताले महिलालाई केही काम गर्न रोक्छ, तर तिनीहरूअरू महिलाहरू जस्तै हुन भनेर बताउन चाहन्छौं। सर्वप्रथम त तिनीहरू महिला नै हुन्।

अशक्तताको कारण जैसुकै होस्, तिनी पनि अशक्तता नभएका महिला जत्तिकै फलदायी हुन सक्छिन्। तिनलाई आफ्नो सीपलाई पूर्णतया विकास गर्ने मौका चाहिन्छ।

स्थानीय प्रचलन र विश्‍वासले गर्दा अशक्तताको विषयमा मानिसहरूले गलत धारणा राखेका छन्। उदाहरणको लागि कुनै महिला अशक्त छिन् भने पूर्वजन्मको पापले गर्दा अहिले सजाय भोग्दै छिन् भनेर कोही-कोही मानिसहरूले सोच्‍न सक्छन्। अथवा अशक्तता अरूलाई 'सर्न' सक्छ र तिनको नजिक हुनु हुँदैन भनेर पनि कोही-कोही डराउन सक्छन्। आफूले केही गल्ती गरेकोले गर्दा अशक्त हुन्छ भन्‍ने कुरा बिल्कुलै गलत हो।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011102