गर्भावस्थाको दौडान हुने परीक्षण कस्तो हुन्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

गर्भावस्थामा गरिने परीक्षणमा सुँडेनी वा स्वास्थ्यकर्मीले तपाईंको बितेको समयमा गर्भधारण गरेको र बच्चा जन्माएको विषयमा सोधपुछ गर्छन्। धेरै रक्तश्राव भएको वा शिशुको मृत्यु भएको जस्ता कुनै पनि समस्याको बारेमा सोध्छन्। यस्ता जानकारीहरूले अहिलेको गर्भावस्थामा आउन सक्ने समस्याहरू सुल्झाउनको लागि तयार बनाउन सक्छ।

सुँडेनीले निम्‍न कुरा गर्न सक्छन्:

  • गर्भवतीले राम्ररी खाएको छ कि छैन पक्का गर्छन्। यदि आवश्यक परेमा राम्रो खाना खाने विषयमा सुझाव दिन्छन्।
  • रगत कम हुन नदिने र शिशुको जन्ममा समस्या आउन नदिन आइरन र फोलिक एसिड ट्याब्लेट पनि दिन सक्छन्।
  • गर्भवती स्वस्थ छिन् र शिशु पनि राम्ररी हुर्कंदै छ भनेर पक्का गर्न तिनलाई परीक्षण गर्छन्।
  • आमा र शिशु दुवैको ज्यान लिन सक्ने रोग टिटानस जस्ता रोग लाग्‍न नदिन खोप लगाइदिने गर्छन्।
  • तपाईंको इलाकामा मलेरिया लाग्‍ने सम्भावना छ भने यो रोगको रोकथाम गर्न औषधी दिन्छन्।
  • एच.आइ.भि र भिरिङ्गी, साथै अरू यौनजन्य संक्रमणको परीक्षण पनि गर्छन्।
  • आमालाई एच.आइ.भि छ भने त्यो बच्चामा सर्न नदिन औषधी दिन्छन्।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010717