मैले किन नियमित रुपमा स्तनको जाँच गर्नुपर्छ।

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

महिलाहरूले प्रत्येक महिना आफ्नो स्तनको जाँच गर्नुपर्छ। महिनावारी सधैंको लागि रोकिसकेपछि पनि यस्तो जाँच गरिरहनुपर्छ।

धेरैजसो महिलाहरूको स्तनमा साना केही डल्लोहरू वा गाँठोहरू हुन्छन्। ती डल्लोहरूको साइज वा आकार प्रायजसो महिनावारीको दौडान परिवर्तन हुन्छ। महिनावारी हुनुभन्दा अघि यी डल्लोहरू धेरै नरम हुन्छन्। कहिलेकाहीं स्तनको डल्लोहरू रहिरह्यो भने क्यान्सरको संकेत पनि हुन सक्छ। कहिलेकाहीं यस्तो हुन सक्छ तर धेरैजसो त यस्तो हुँदैन।

महिलाले आफ्नो स्तनको जाँच कसरी गर्ने भनेर सिकेकी छिन् भने तिनी आफैले सामान्यतया स्तनमा भएको डल्लोहरू भेटाउन सक्छिन्। हरेक महिना उनले आफ्नो स्तनको जाँच गर्छिन् भने स्तन कस्तो अवश्थामा छ भन्‍ने कुरा थाहा पाउन सक्छिन् साथै कुनै समस्या भएको रहेछ भने पनि तिनलाई यसबारे थाहा हुन सक्छ।

कुनै महिला अशक्तताको कारण आफ्नो स्तनको जाँच गर्न सक्दैनिन् भने उनले आफ्नो भरोसायोग्य व्यक्तिलाई तिनको लागि यस्तो जाँच गरिदिन अनुरोध गर्न सक्छिन्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010212