म बलात्कारको शिकार भएँ भने के गर्ने

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

बलात्कारको शिकार भएका हरेक महिलाहरूको अनुभव फरक-फरक हुन्छ। तर आफू राम्रो अवस्थामा फर्कन तपाईंले केही गर्नुपर्ने हुन्छ।

पहिला आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्:

  • कोसित मदत माग्‍न सक्नुहुन्छ?
  • बलात्कारको विषयमा पुलिसलाई बताउन चाहनुहुन्छ कि?
  • उपचार गर्न कहाँ जान सक्नुहुन्छ?
  • बलात्कारीलाई सजाय दिन चाहनुहुन्छ कि?

तपाईंलाई निराशाले छोप्दा, दु:ख लाग्दा, डर लाग्दा वा रिस उठ्दा कसैसित कुरा गर्नुपर्छ। साथै, तपाईंसित उपचारको लागि जाने र त्यसपछि विभिन्‍न कदमहरू चाल्न मदत गर्ने कसैको साथ चाहिन्छ। तपाईंको ख्याल राख्‍ने, तपाईंको कुरा अरूलाई नभन्‍ने र बलियो र भरोसायोग्य व्यक्तिलाई छान्‍नुहोस्। कहिलेकाहीं पिडित महिलाको श्रीमान् वा आमाबुबा, आफै चिन्तित हुने भएकाले तिनीहरूले खासै राम्रो मदत दिन सक्दैनन्।

आफैलाई दोष नदिनुहोस्। तपाईं बलात्कार गरिन योग्य व्यक्ति होइन। त्यो व्यक्तिले जबर्जस्ती यौन सम्बन्ध राख्‍ने अधिकार पाउने कुनै पनि काम तपाईंले गर्नु भएको छैन।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020313