कस्ता हानीकारक विश्‍वासले गर्दा पारिवारिक विवाद चर्किन्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

दु:खको कुरा, थुप्रै देशमा अझै पनि पुरूष र महिलाबीच भेदभाव गरिन्छ र तिनीहरूलाई बराबर शक्ति दिइँदैन। यस्तो भेदभाव एउटा हानीकारक विश्‍वासमा अधारित हुन्छ, जस्तै:

  • पुरूषहरू महिलाभन्दा श्रेष्‍ठ हुन्छन्।
  • महिलाहरू काम नलाग्‍ने र परिवारका लागि बोझ हुन्।
  • महिलामाथि पुरूषको अधिकार हुन्छ।
  • बन्द ढोकाभित्र परिवारमा जे हुन्छ त्यो व्यक्तिगत मामिला हो।

थुप्रै परिवारले महिलालाई भन्दा पुरूषहरूलाई मूल्यको ठान्छन् किनभने पुरूषहरूले परिवारको सम्पत्ति बढाउन सक्छन्, बुबाआमा वृद्ध हुँदा मदत गर्न सक्छन्, बुबाआमाको मृत्युपछि किर्या बस्‍न सक्छन् र वंश अगाडि बढाउन सक्छन्। यही कारणले गर्दा साना केटीहरूलाई थोरै समयमात्र स्तनपान गराउने, थोरै खाना दिने र औषधी उपचार पनि कमै गर्ने र थोरै शिक्षा दिने वा शिक्षा नै नदिने पनि हुन्छ।

थुप्रै समाजमा महिलाहरू सम्पत्तिको मालिक वा हकदार हुँदैनन्, पैसा कमाउँदैनन् वा कर्जा पनि पाउँदैनन्। माहिलाले पारपाचुके गरिन् भने बच्चाहरू आफूसित राख्‍न पाउँदैनन् वा आफ्नो सर-सम्पत्ति पनि राख्‍न पाउँदैनन्। कानुनी रूपमा तिनको अधिकार भए तापनि समाजको परम्पराले गर्दा तिनको जीवन आफैले नियन्‍त्रण गर्न नसक्ने हुन्छ। प्रायजसो महिलाहरूले आफ्नो श्रीमान्‌को अनुमतिविना परिवारको पैसा खर्च कसरी गर्ने वा कहिले स्वास्थ्य जाँच गराउने भनेर निर्णय गर्न सक्दैनन्। साथै तिनले कतै यात्रा गर्न वा समाजको निर्णयहरूमा पनि सहभागी हुन पाउँदैनन्।

यसरी महिलाको शक्ति हनन हुँदा तिनी बाँच्‍नको लागि पुरूषमा नै भर पर्नुपर्ने हुन्छ। यसले गर्दा आफ्नो जीवन राम्रो बनाउने कुराहरू माग गर्न सजिलो हुँदैन र श्रीमान्‌को सामने तिनको केही शक्ति चल्दैन, साथै कहिले र कतिवटा बच्चा जन्माउने वा श्रीमान्‌को अर्कै महिलासित सम्बन्ध हुने जस्ता विषयमा पनि तिनको थोरै मात्र नियन्‍त्रण हुन्छ वा हुँदै नहुने हुन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np021003