परिवार नियोजनको कुन चाहीं स्थायी तरिका हाल अपनाउने गरिन्छ

From Audiopedia
Revision as of 10:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

पुरुष वा महिलालाई अपरेशन गरेमा तिनीहरूले बच्चा जन्माउनु असम्भव जस्तै हुन्छ। यस्तो अपरेशन स्थायी अर्थात सधैको लागि हुने भएकोले कुनै पनि महिला वा पुरुषले अब आफूलाई धेरै बच्चा चाहिंदैन भन्‍ने कुरा पक्का गरिसकेपछि मात्र अपरेशन गर्नु पर्छ।

अबदेखि बच्चा नजन्माउँने भनेर गरिने अपरेशनलाई बन्ध्याकरण वा

  • पुरुष बन्ध्याकरण वा
  • महिला बन्ध्याकरण भनिन्छ।

यस्तो प्रकारको अपरेशन गर्न स्वास्थ्य केन्द्र वा अस्पताल जानु पर्छ। अपरेशन गर्नु छिटो र सुरक्षित हुनुका साथै यसले शरिरमा कुनै पनि साइड इफेक्ट अर्थात नराम्रो असर पार्दैन।

महत्त्वपूर्ण: बन्ध्याकरण गर्दैमा यसले कुनै पनि प्रकारको यौन जन्य रोगहरू वा एच.आइ.भि-बाट जोगाउँदैन। त्यसैले बन्ध्याकरण गरेपछि पनि यौन जन्य संक्रमणहरूबाट जोगिन होसियार हुनु पर्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020518