खाना कसरी चिसो बनाउने

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

खाना चिसो पार्ने माटाको भाँडा (पोटरी कुलर)

खाना चिसो बनाउने यो ठूलो भाँडाभित्र अर्को एउटा सानो भाँडा राख्‍न मिल्नेगरि बनाइएको हुन्छ। यसरी दुई भाँडाको बीचको खाली भागमा पानी भरिन्छ। ठूलो भाँडा र त्यसको बिर्कोमा टल्किने लेप लगाएको हुनुहुँदैन (बरू कडा, चिप्लो लेप लगाएको र आगोमा पोलिएको भाँडा हुनुपर्छ)। यस्तो भाँडा छ भने पानी सजिलै बाफ बनेर जान सक्छ। भित्रको सानो भाँडा भने टल्किने लेप लगाएको हुनुपर्छ। यसो हुँदा भाँडालाई सफा राख्‍न सकिन्छ र भन्डार गरिएको खानामा पानी पस्‍न पाउँदैन।

चिसो बनाउने अलमारी (कपबोर्ड कुलर)

चिसो बनाउने अलमारीभित्र काठको टोकरी वा बाकस राख्नुहोस् अनि उक्त दराजलाई माथि उठाउन त्यसको मुनी इट्टा वा ढुङ्गा राख्नुहोस्। त्यसपछि अलमारीभित्र राखिएको काठको टोकरी वा बाकसमाथि पानीको भाँडा राख्नुहोस् अनि उक्त टोकरी वा बाकसलाई टाटले वा खस्रो कपडाले वरिपरि बेरेर छोप्‍नुहोस्। साथै भित्र भएको काठको टोकरी अथवा बाकसलाई पूरै छोप्‍नुहोस्। कपडा भुँइसम्मै लत्रिनु हुँदैन। कपडालाई पानीमा चोप्‍नुहोस्, यसो गर्दा चिसोपन अरू कुराहरूमा पनि बिस्तारै फैलिन्छ। खानेकुरा बाकसभित्र राख्नुहोस्। भिजेको कपडाको पानी बाफ बनेपछि खाना पनि चिसो हुन्छ। यदि कपडालाई सधै भिजाएर राख्‍न सकिन्छ भने खानेकुरालाई चिसो बनाइराख्‍ने यो विधि निकै प्रभावकारी हुन्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010125