फोहरलाई सुरक्षित तरिकामा नष्‍ट गर्नाले कसरी बिरामी हुनबाट जोगिन सकिन्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

खानाको टुक्राटाक्री र फलफुल तथा तरकारीको बोक्राजस्ता फोहरमा झिंगा, साङ्ला, मुसा आउन सक्छ जसले गर्दा किटाणुहरू फैलिन सक्छन्।

घर र त्यस वरिपरीको क्षेत्रलाई सफा, दिशामुक्त, फोहरमैला रहित र फोहर पानी बग्‍न नदिएमा रोगहरूबाट बच्‍न सकिन्छ। घरमा प्रयोग गरिएको फोहर पानीलाई जमिनमा सोस्‍ने विधि अपनाउँदा राम्रो हुन्छ वा यसलाई बगैचा अथवा खेतबारीमा सुरक्षित तरिकामा पुर्‍याउन सकिन्छ।

किटनाशक अनि झारपात नष्‍ट गर्न प्रयोग गरिने रसायनीक पदार्थको थोरै मात्रा पानीको मुहान, खाने कुरा, हात वा खुट्टामा पर्‍यो भने पनि निकै खतरनाक हुन सक्छ। रसायनीक पदार्थ प्रयोग गर्दा चलाइएका कपडा र भाँडालाई घर नजिकै पानीको स्रोत वा मुहानमा सफा गर्नु हुँदैन।

किटनाशक तथा अन्य रसायनीक पदार्थ घर वरिपरि वा पानीको स्रोत अथवा मुहानको नजिक प्रयोग गर्नु हुँदैन। पिउने पानी राख्‍ने भाँडा वा खाने कुराको नजिकै रसायनीक पदार्थ भण्डार गर्नु हुँदैन। किटनाशक वा उब्जनी बढाउने रसायनीक पदार्थ राखेको भाँडामा कहिल्यै खाने कुरा वा पानी नराख्नुहोस्।


Sources