एच.आइ.भि बाट कसरी जोगिन सकिन्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

यी तरिका अपनाएर एच.आइ.भि सर्नबाट जोगिन सक्नुहुन्छ:

सम्भव छ भने एकै जनासित मात्र यौन सम्बन्ध राख्नुहोस्। तपाईंसित यौन सम्बन्ध राख्‍ने व्यक्तिले पनि तपाईंसित मात्र यौन सम्बन्ध राख्नुपर्छ। सुरक्षित तरिकामा यौन सम्बन्ध राख्नु्होस्। वीर्य, रगत र योनीको तरल पदार्थ तपाईंको योनी, मलद्वार वा मुखमा प्रवेश नगर्ने तरिकामा यौन सम्बन्ध राख्नुहोस्। यौन सम्बन्ध राख्दा कन्डमलाई सही तरिकामा प्रयोग गर्नुहोस्।

तपाईं र तपाईंको जोडीले एच.आइ.भि को परीक्षण गराउनुहोस् र यौनजन्य संक्रमणको उपचार गराउनुहोस्।

अरूले प्रयोग गरेको अनि किटाणुरहित नबनाइएको सियो वा अरू सामग्रीले छालामा छेड्ने वा काट्ने नगर्नुहोस्।

आकस्मिक अवस्थामा बाहेक रक्तक्षेपण नगर्नुहोस्।

अरूको दाह्री काट्ने सामग्री प्रयोग नगर्नुहोस्।

सुरक्षा नअपनाइ कुनै पनि व्यक्तिको रगत वा घाउमा नछुनुहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011007