मदतको लागि आफ्नै समूह बनाउन कसरी सुरू गर्ने

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

समूह सुरू गर्न चाहने २ वा त्योभन्दा बढी महिलाहरू खोज्‍नुहोस्।

कहिले र कहाँ भेट्ने योजना बनाउनुहोस्। यसरी भेट्दा स्कूल, स्वास्थ्य चौकी, सहकारी वा उपासनास्थल जस्ता शान्त ठाउँ पत्ता लगाउन सजिलो हुन्छ। अथवा दैनिक काम कुराहरू गर्दा कुरा गर्ने योजना बनाउन सक्नुहुन्छ।

पहिलो पटक भेट्दा तपाईंले के हासिल गर्ने आशा राख्‍नुभएको छ, सँगै छलफल गर्नुहोस्। यदि तपाईं समूहमा हुनुहुन्छ भने, समूहको नेतृत्व लिने विषयमा र पछि नयाँ सदस्यहरू सामेल हुन सक्छन् कि सक्दैनन् भन्‍ने विषयमा निर्णय गर्नुहोस्।

हुनत जसले समूहको सुरुवात गर्छ सम्भवत: उसले नै पहिलो सभामा नेतृत्व लिनुपर्छ। तर समूहको लागि भने उनले निर्णय गरिदिन मिल्दैन। उनको काम भनेको सभामा सबैलाई बोल्ने मौका दिने अनि यदि छलफल अर्कै दिशा तर्फ जान लागेमा फेरि त्यसलाई सम्बन्धित विषयमै केन्द्रित गर्नु हो। केही सभाहरू गरिसकेपछि सदस्यहरूको पालैपालो समूहको नेतृत्व गर्ने चाहना हुन सक्छ। एकभन्दा धेरै व्यक्तिहरूले आलोपालो गरेर नेतृत्व लियो भने लजालु महिलाको लागि मदत पुग्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010310