आत्महत्याबारे मैले के थाह पाउनुपर्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

बाँच्‍ने इच्छा नभएर जानाजानी आफ्नो जीवन समाप्त गर्ने कामलाई आत्महत्या भनिन्छ। संसारभरि हरेक वर्ष लगभग १० लाख मानिसहरूले आत्महत्या गर्छन्। यसको मतलब संसारमाभरी हरेक ४० सेकेन्डमा कुनै न कुनै व्यक्तिले आत्महत्या गरिरहेको हुन्छ। यस बाहेक आत्महत्या गर्न खोज्दा असफल भएकाहरूको सङ्ख्या चाहिं हरेक वर्ष २ करोड भएको पाइएको छ र यो सङ्ख्या बढ्दै छ।

कस्तो प्रकारको आत्महत्या भएको थियो भनेर परिवारका सदस्यहरूले खुलासा गर्न चाहँदैनन जसले गर्दा भरपर्दो सङ्ख्या पत्ता लगाउन गाह्रो छ। किनभने यसले गर्दा प्रहरीबाट उत्पीडन अर्थात हैरानी भोग्‍नुका साथै समाजको अपहेलना पनि खेप्‍नुपर्ने हुन्छ। हुनत विकसित देशहरूमा आत्महत्याको सङ्ख्या कम भएको पाइएको छ, तर गरिब मुलुकहरूमा भने आत्महत्याको सङ्ख्या बढेको कारण अवस्था चिन्ताजनक छ।

सङ्ख्या बढ्नुको कारण:

  • गरिबी
  • शिक्षाको कमी (जसको कारणले गर्दा काम नपाइने)
  • बढ्दो उद्योगीकरण (यसले गर्दा हातले गरिने काम गुम्‍ने हुन्छ)
  • नराम्रो स्वास्थसेवा (मानसिक स्वास्थ्य सम्बन्धी दक्षता हासिल गरेका विशषेज्ञहरू कम भएको हुनाले र डिप्रेशन वा एन्जाइटि अर्थात् चिन्ताको रोगको उपचार सजिलै उपलब्ध नभएको हुनाले)
  • परम्परा र बुझाइको कमीले गर्दा (कुनै व्यक्ति जस्तो छ त्यस्तो रूपमा परम्परा वा समाजले स्विकार नगर्दा तिनीलाई गाह्रो महसुस हुन्छ)
Sources
  • Felicitas Heyne, Psychologist
  • Audiopedia ID: np020902