आफ्नो आँखाको ख्याल कसरी गर्न सक्छु

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

झिंगाले किटाणुहरू बोक्छ। फोहर अनुहारमा झिंगा बस्‍न मन पराउँछ। यसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा किटाणुहरू सजिलै सर्छ। हरेक दिन अनुहार अनि हात साबुन पानीले धुँदा आँखामा संक्रमण हुन पाउँदैन। संसारको कुनै-कुनै ठाउँमा आँखाको संक्रमणको कारणले गर्दा ट्रकोमा भन्‍ने रोग लागेको पाइएको छ, जसले गर्दा आँखै नदेख्‍ने अवश्थासम्म पनि पुगेको छ। यदि आँखा दुख्‍ने वा संक्रमित भएमा दृष्‍टिमा समस्या आउने वा आँखै नदेख्‍ने समेत हुन हुन सक्छ। त्यसैले आँखालाई सफा अनि स्वस्थ राख्नु पर्छ।

यदि आँखा स्वस्थ छ भने आँखाको सेतो भाग सफा देखिन्छ, आँखा ओसिलो अनि चम्किलो देखिनुका साथै दृष्‍टि पनि तेज हुन्छ। यदि आँखा एकदमै सुख्खा हुन्छ, रातो हुन्छ र दुख्छ, चिप्रा निस्किन्छ वा स्पष्‍ट देखिंदैन भने तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा सक्दो चाँडै आँखाको परीक्षण गराउनु पर्छ।


Sources