मानिसहरूले किन रक्सी वा लागू पदार्थ सेवन गर्न थाल्छन्

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

मानिसहरूले प्रायजसो सामाजिक दबावको कारणले गर्दा रक्सी पिउन थाल्छन्। किशोर र वयस्क पुरुषहरूले मादक पदार्थ वा अन्य त्यस्तै लागू पदार्थको सेवन गरेर पुरुषार्थ प्रमाणित गर्नुपर्ने दबाव महसुस गर्छन्। वयस्क पुरुषहरू सोच्छन् कि तिनीहरूले जति धेरै लागू पदार्थ वा रक्सी प्रयोग गर्छन् त्यत्ति नै धेरै पुरूषार्थ देखिन्छ। आफूलाई अरुभन्दा अझै मर्दजस्तो देखाउन धेरै पिउँछन् वा धेरै लागू पदार्थ सेवन गर्छन्। केही मानिसहरूलाई रक्सी वा लागू पदार्थ सेवन गरेपछि रमाइलो महसुस हुन्छ र त्यसैले तिनीहरू यसको प्रयोग गर्छन्। थुप्रै किशोरी र महिलाहरू पनि मदिरा वा लागू पदार्थ सेवन गर्ने सामाजिक दबावको सामना गर्छन्। यसो गर्दा तिनीहरू अरूको नजरमा आफू हुर्किसकेको वा झनै आधुनिक भएको देखिन्छ भनेर सोच्छन्। अथवा अरूले आफूलाई सजिलै स्वीकार्नेछन् भनेर सोच्छन्।

रक्सी वा लागू पदार्थ उत्पादन गर्ने वा बिक्रि गर्ने कम्पनीहरूले पनि सामाजिक दबावको प्रयोग गर्छन्। विज्ञापनहरूले विशेषगरि जवान व्यक्तिलाई तारो बनाएर लागू पदार्थ र रक्सी सेवन आकर्षक तरिकामा गरेको देखाउँछन् र ती कुराहरू किन्‍न उक्साउँछ। केही विज्ञापन, संगीत र चलचित्रहरूले जवान व्यक्तिहरूलाई मादक पदार्थ अनि लागू पदार्थ सेवन गर्न उक्साउँछन्। रक्सी बनाउने कम्पनी वा बेच्‍ने ठाउँहरूले पनि यी कुरा पाउन सजिलो र प्रयोग गर्दा रमाइलो हुन्छ भन्‍ने भान पारिदिन्छन्, जसले गर्दा मानिसहरूले झन् धेरै किन्‍न चाहन्छन्। विशेषगरि यस्तो प्रकारको दबाव हानिकारक हुन्छन्। किनभने यसले आफूलाई कत्ति धेरै असर गरिरहेको छ भन्‍ने कुरा मानिसहरूले यादै गर्दैनन्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010303