धुवाँको कारण हुने स्वास्थ्य समस्याबाट म कसरी जोगिन सक्छु

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

आफूले सास फेर्ने हावामा धुवाँको मात्रा कम गर्न:

हावा सजिलै आवतजावत गर्न सक्ने ठाउँमा खाना पकाउनुहोस्। यदि घर बाहिर खाना पकाउन सक्नुहुन्‍न भने, कोठाभित्र खाना पकाउँदा हावा आवतजावत गर्न कम्तीमा पनि दुईवटा निकास अर्थात खुल्ला ठाउँ छ कि छैन पक्का गर्नुहोस्। यसो हुँदा हावाले धुवाँलाई धकेलेर कोठा बाहिर निकाल्न सक्छ।

अरु महिलासँगै आलोपालो गरेर पकाउनुहोस्। यसले गर्दा एक जना महिलाले थोरै मात्र धुवाँ भएको सास फेर्नु पर्नेछ।

पाक्‍न धेरै समय नलाग्‍ने खानेकुरा पकाउनुहोस् (तर खानेकुरालाई पूरै पकाउनुपर्छ)। यसो गर्दा थोरै धुवाँ लिनुपर्ने हुन्छ र इन्धन पनि थोरै मात्र खर्च हुन्छ।

खानेकुरा छिटो पाक्छ र सबै राम्ररी पाक्छ यदि तपाईंले:

  • सानो-सानो टुक्राहरू बनाएर काट्नु भयो भने।
  • पकाउँदा भाँडोलाई छोपिराख्‍नु भयो भने।
  • सिमी जस्ता गेडागुडीहरूलाई पकाउनुअघि रातभरी भिजाउनु भयो भने।
  • झ्यालबाट आउने हावाबाट आगोलाई छेक्‍नुभयो भने। पकाउने भाँडो वरिपरि ढुङ्गा, माटो थुपार्ने वा फलामको पाता राख्‍ने गर्दा यसले भाँडोलाई तातो बनाइ राख्‍न मदत गर्छ।
  • प्रयोग नगरिएका दाउरा वा काठलाई वर्षादको पानीले भिज्‍न दिन भएन भने।

धुवाँ कम निकाल्ने चुल्हो प्रयोग गर्नुहोस्। खाना पकाउँदा निस्केको धुवाँले गर्दा हुने स्वास्थ्य समस्याबाट जोगिन अपनाउन सकिने यो नै सबैभन्दा राम्रो तरिका हो। आगो बाल्‍न कम इन्धन खर्च हुने र थोरै मात्र धुवाँ निकाल्ने अनि स्थानीय सामाग्रीहरू प्रयोग गर्न मिल्ने चुल्होहरू तपाईं बस्‍ने इलाकामा पाउन सकिन्छ होला।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030105