महिला बन्ध्याकरणबारे मैले के कुरा थाहा पाउनु पर्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

महिला बन्ध्याकरण गर्दा पुरुष बन्ध्याकरणको तुलनामा अलि गाह्रो भएपनि यो सुरक्षित नै हुन्छ। यसको लागि लगभग ३० मिनेट जतिको समय लाग्छ।

तालिम प्राप्त स्वास्थ्यकर्मीले नाइटो नजिकै छाला चिरेर पाठेघरमा अण्डा लैजाने पाइपलाई काट्ने वा बाँध्‍ने गरिन्छ। यस्तो अपरेशन गरेपछि महिलाको महिनावारीमा वा यौन सम्पर्क राख्‍ने क्षमतामा र यौन आनन्दमा यसले कुनै पनि असर पार्दैन।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020520