चुरोटले कसरी मेरो स्वास्थलाई दीर्घकालीनरूपमा हानी पुर्‍याउँछ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

चुरोट खाने व्यक्तिलाई निकोटिन भनिने लागू पदार्थको लत बस्छ। चुरोट खाएन भने तिनीहरू बिरामी वा डर महसुस गर्ने हुन्छ। चुरोट खाने बानी त्याग्‍न धेरै गाह्रो छ। किनभने निकोटिन एउटा लत बस्‍ने लागू पदार्थ हो।

महिलाहरूभन्दा पुरूषहरू धेरै चुरोट पिउने भएकोले यसलाई पुरूषहरूको स्वास्थ्य समस्याको रूपमा हेरिन्छ। तर महिलाहरूमा पनि चुरोटले गर्दा हुने स्वास्थ्य समस्या दिनप्रति दिन बढ्दै छ। गरिब मुलुकहरूमा पनि चुरोट स्वास्थ्य समस्याको कारण बन्दै छ। यस्तो हुनुको पछाडि चुरोटले मानिसको तनावसित लड्न मदत गर्छ। साथै, सूर्ती कम्पनीहरूले पनि यस्ता देशहरूमा चुरोट बिकाउने धेरै प्रयास गर्छन्, किनभने धनी मुलुकमा थुप्रै मानिसले चुरोट पिउन छोड्छन्।

चुरोटले आफू वरपरका चुरोट नपिउने मानिसहरूलाई समेत असर गर्न सक्छ। तिनीहरूमा पनि रोगहरू देखापर्छ। चुरोट नपिउने बुबाआमाका छोराछोरीमा भन्दा चुरोट पिउने बुबाआमाका छोराछोरीमा धेरै फोक्सोको संक्रमण र अरू समस्याहरू हुनुका साथै सास फेर्न नसक्ने समस्या हुने पाइएको छ।

महिला र पुरूष दुवैमा चुरोटले यस्ता असरहरू गर्न सक्छ:

  • फोक्सोको गम्भीर समस्या, दीर्घकालीन ब्रोन्काइटिस् र एम्फाइसेमा (एक प्रकारको फोक्सोको रोग)
  • गम्भीर किसिमको रूघा र खोकी
  • फोक्सो, मुख, घाँटी र गर्दन र पिसाबथैलीको क्यान्सर
  • हृदयघात, मष्तिस्कघात र उच्च रक्तचाप

यीमध्ये केही समस्याले गर्दा मृत्युसमेत हुन सक्छ। वास्तवमा ४ जनामध्ये १ जना चुरोट पिउने व्यक्तिको चुरोटसित सम्बन्धित रोगका कारण मृत्यु हुन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010315