म आफ्नो भविष्य कसरी राम्रो बनाउन सक्छु

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

भविष्यको लागि योजना बनाउने प्रयास गर्नुहोस्।

आफ्नो भविष्यको लागि योजना बनाउन गर्नुपर्ने पहिलो कुरा भनेको लक्ष्यहरू राख्नु हो। तपाईं पहिला लक्ष्य प्राप्त गर्न चाहनुहुन्छ होला।

धेरै जसो महिलाहरूको लागि यो कुरा गर्न सजिलो छैन। थुप्रैले आफ्नो परिवार वा समाजको परम्पराले आफ्नो जीवनलाई नियन्‍त्रण गरेको महसुस गर्छन्। तर आफूले आफैलाई मदत गर्न पहिला तपाईं के गर्न चाहनुहुन्छ भनेर थाहा पाउनुहोस्।

त्यसपछि तपाईंले गर्न चाहेको काम गरिरहेका महिला वा पुरूषसित कुरा गर्ने प्रयास गर्नुहोस्। उक्त व्यक्ति, तपाईंले आदर गर्ने वा समाजको अगुवा हुन सक्छन्। तिनीहरूले गर्ने कामबारे अझ धेरै थाह पाउन तिनीसित समय बिताउन सकिन्छ कि भनेर सोध्‍न सक्नुहुन्छ।

कहिलेकाहीं किशोरीहरूले भविष्यको लागि देखेको सपना र आशाहरू तिनको परिवार र समाजको सोचाइको ठीक विपरित हुँदा तिनीहरू निराश हुन सक्छन्। आफ्नो सपना र आशाबारे वयश्क व्यक्तिहरूसित होसियारीसाथ कुरा गर्नुका साथै तिनीहरूले चिन्ता व्यक्त गर्दा राम्ररी सुन्‍नु महत्त्वपूर्ण छ।

तपाईंको कुरा सुन्‍ने र बुझ्‍ने कोही साथी, दिदी-बहिनी वा अरू कुनै महिला आफन्त छन् कि, पत्ता लगाउनुहोस् र तिनीसित कुरा गर्नुहोस्। आफ्नो डर र समस्याहरूबारे तिनलाई बताउनुहोस्। तपाईंको समाजमा भएका बलिया महिलाहरूबारे अनि भविष्यको लागि तपाईंको लक्ष्य र सपनाबारे पनि सँगै कुरा गर्नुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020805