अशक्तता भएका महिलाहरूलाई प्राय मांशपेशीको समस्या किन हुन्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

आरथ्राइटिस वा मस्तिष्कघात भएका, एड्स वा वृद्धावस्थाले गर्दा पल्टिरहनुपरेका केही महिलाहरूलाई आफ्नो हात र गोडा चलाउन गाह्रो हुन्छ र यसले गर्दा तिनीहरूको जोर्नीको लचकता कम हुँदै जान्छ।

यस्तो भएको खण्डमा वा लामो समय हात वा खुट्टा खुम्च्याएर बसेको छ भने शरीरको मांशपेशी छोटो हुन्छ र यसले पूरै हातगोडालाई सीधा पार्न नसक्ने अवस्थामा पुग्छ। वा छोटो भएका मांशपेशीले जोर्नी नखुम्चिनेगरि सीधा पारिराख्‍न पनि सक्छ। यसलाई 'कडा मांशपेशी अर्थात् कन्ट्राटुर' भनिन्छ। कडा मांशपेशीले गर्दा धेरै दुख्‍ने समस्या पनि हुन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011108