कसरी सुरक्षित तरिकामा यौन सम्बन्ध राख्‍न सक्छु

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

असुरक्षित यौन सम्बन्ध राख्दा वा धेरै जना सँग यौन सम्बन्ध राख्दा महिलाहरूलाई यौनजन्य संक्रमणको जोखिम हुनुका साथै एच.आइ.भि संक्रमण समेत हुन सक्छ। एच.आइ.भि संक्रमणको कारण एड्स भएर ज्यान जान सक्छ। यौनजन्य संक्रमणको उपचार गरिएन भने बाँझोपन, ट्युबमा गर्भधारण हुने अनि गर्भ तुहिने समस्या हुन सक्छ। धेरै जना सँग यौन सम्पर्क राख्‍नाले महिलाहरूलाई पेल्भिक इन्फ्लेमेटोरी रोग (पि.आइ.डि) र क्यान्सर हुने सम्भावना हुन्छ। महिला र पुरूष दुबैले सुरक्षित तरिकामा यौन सम्बन्ध राखेमा, तिनीहरू यी समस्याहरूबाट जोगिन सक्छन्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010206