मैले किन नियमित रुपमा स्वास्थ्य जाँच गराउनुपर्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

धेरैजसो यौनजन्य रोग र क्यान्सर गम्भीर नहुँदासम्म लक्षण देखा पर्दैन। तर लक्षण देखा परेतापनि यसको उपचार गर्न प्राय ढिलो भइसकेको हुन्छ।

सम्भव छ भने महिलाले आफ्नो प्रजनन प्रणालीको जाँच तालिम प्राप्‍त स्वास्थ्यकर्मीद्वारा हरेक ३ देखि ५ वर्षमा गराउनुपर्छ। आफूलाई स्वस्थ भएको महसुस भए तापनि यस्तो जाँच गराउनुपर्छ। यसमा पेल्भिक जाँच, स्तनको जाँच, रगतको मात्रा जाँच (एनेमिया) र तिनी यौनजन्य संक्रमणको जोखिममा छिन् भने यौन संक्रमणको (एस.टि.आई) जाँच गराउनुपर्छ। साथै, यसमा प्याप टेस्ट (तल व्यख्या गरिएको छ) वा सर्भिकल क्यान्सरको लागि अन्य जाँच गराउनु पनि समावेश छ। महिलाको उमेर बढ्दै जाँदा प्राय गर्भाशयको (पाठेघरको मुख अथवा शुरुको प्वाल) क्यान्सर हुन सक्ने भएकोले ३५ वर्ष भन्दा माथि उमेर भएकाहरूले यस्तो जाँच गराउनु महत्त्वपूर्ण छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010204