कानुनको मदत लिने कि भनेर कसरी निर्णय गर्ने

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

कानुनको मदत लिने निर्णय गर्न पहिला होसियारीका साथ विचार गर्नुहोस्।

  • पुलिससित कुरा गर्न कोही सँगै जान सक्छन् कि?
  • तपाईंको समाजमा बलात्कार भएका अरू महिलालाई कानुनले मदत गरेको छ कि?
  • बलात्कार भएको कुरा गोप्य राख्‍न चाहनुहुन्छ कि? के पुलिसले बलात्कारको कुरा गोप्य राख्‍न सक्षम हुनेछ?
  • यदि तपाईंले बलात्कारको विषयमा रिपोर्ट गर्नुभयो भने तपाईंलाई नराम्रो गर्ने धम्की बलात्कारीले दिएको छ?
  • यदि बलात्कारी पक्राउ पर्‍यो र तपाईंलाई त्यसले बलात्कार गरेको हो भनेर तपाईंले प्रमाणित गर्नुभयो भने त्यसले कस्तो सजाय पाउनुपर्छ?

बलात्कारको विषयमा पुलिसलाई रिपोर्ट गर्नुपर्छ जस्तो लाग्छ भने बलात्कार भएको समयपछि तुरून्तै यसो गर्नुहोस्। जानुअघि ननुहाउनुहोस् र तपाईंले त्यतिखेर लगाएको लुगा झोलामा राखेर लग्‍नुहोस्। यस्ता कुराले तपाईंको बलात्कार भएको हो भनेर प्रमाणित गर्नेछ। सँगै साथी लग्‍नुहोस् र सम्भव छ भने महिला स्वास्थ्यकर्मीद्वारा तपाईंको जाँच गरियोस् भनेर आग्रह गर्नुहोस्।

यदि पछि मात्र पुलिसलाई रिपोर्ट लेखाउन जान चाहनुहुन्‍छ भने तापनि तपाईंले स्वास्थ्यकर्मीलाई देखाउनुपर्ने हुन्छ, नराम्ररी घाइते हुनुहुन्‍न भने तापनि जानुपर्छ। आफ्नो बलात्कार भएको कुरा स्वास्थ्यकर्मीलाई बताउनुहोस्। यौन अङ्‍गमा घाउ वा त्यो च्यातिएको छ कि भनेर तिनले जाँच गरेपछि गर्भवती नहुने र यौनजन्य रोग लाग्‍नबाट जोगाउने औषधी तिनले दिनुपर्छ। स्वास्थ्यकर्मीले पत्ता लगाएको सबै कुरा लेख्‍न भन्‍नुहोस्। यसो गर्दा पछि पुलिस वा समाजमा अरूलाई तपाईंको बलात्कार भएको हो भनेर प्रमाणित गर्न मदत मिल्‍नेछ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020315