एच.आइ.भि भनेको के हो

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

एच.आइ.भि (ह्युमन इम्युनोडेफिसियन्सि भाइरस) एउटा सानो जीवाणु हो, जसलाई भाइरस भनिन्छ। यसलाई हामी देख्‍न सक्दैनौं। जब कुनै व्यक्ति एच.आइ.भि अर्थात् एड्स भाइरसबाट संक्रमित हुन्छन् भने तिनमा पछि गएर एक प्रकारको रोग विकास हुन्छ, जसलाई एड्स (अक्‍वायर्ड इम्युन डेफिसियन्सि सिन्ड्रोम) भनिन्छ।

मानिसको शरीरमा रोग विरूद्ध लड्ने क्षमतालाई प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) भनिन्छ, जसले संक्रमणहरूसित लड्ने काम गर्छ। कुनै व्यक्तिलाई एच.आइ.भि संक्रमण भएको छ भने भाइरसले तिनको यस प्रतिरक्षा प्रणालीमा आक्रमण गर्छ। एच.आइ.भि-ले बिस्तारै शरीरको कोशिकाहरूलाई मार्छ र शरीरले आफूलाई अरू संक्रमणविरूद्ध सुरक्षा गर्न नसक्ने अवस्थासम्म पुर्‍याउँछ। एच.आइ.भि संक्रमित प्रायजसो व्यक्तिहरू ५ देखि १० वर्षसम्म पनि यस रोगबाट बिरामी पर्दैनन्। तर अन्तमा सामान्य संक्रमण विरूद्ध पनि रोग प्रतिरक्षा प्रणालीले लड्न सक्दैन। किनभने, एच.आइ.भि-ले कसैलाई बिरामी पार्न केही वर्ष लाग्छ। यो रोग लागेका थुप्रैले स्वस्थ महसुस गर्छन् र आफूलाई रोग लागेको कुरा पनि थाह पाउँदैनन्।

महत्त्वपूर्ण: तपाईंलाई एच.आइ.भि संक्रमण हुने बित्तिकै यो रोग अरूमा फैलन सक्छ। आफू स्वस्थ जस्तो देखिए वा महसुस भए तापनि यो संक्रमण अरूलाई सर्न सक्छ। कुनै व्यक्तिलाई बाहिरबाट हेरेर तिनलाई एच.आइ.भि छ कि छैन भनेर भन्‍न सकिंदैन। यो संक्रमण छ कि छैन भनेर पत्ता लगाउने एउटै मात्र तरिका, एच.आइ.भि परीक्षण गराएर हो।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011002