बलात्कार र यौन आक्रमण भनेको के हो

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

बलात्कार र यौन, यी दुबै आक्रमण भनेको कुनै महिलाले नचाहँदा-नचाहँदै पनि तिनीसित जबर्जस्ती यौन सम्पर्क गर्नु हो। यदि पुरूषले महिलाको सहमतिविना आफ्नो लिङ्‍ग, औंला वा अरू कुनै वस्तु तिनको योनी, मलद्वार वा मुखमा राख्छन् भने त्यसलाई बलात्कार भनिन्छ।

बलात्कारलाई कहिलेकाहीं यौन आक्रमण पनि भन्‍ने गरिन्छ, किनभने यो एउटा हिंसात्मक क्रियाकलाप हो र यस्तो क्रियाकलापमा यौनलाई हतियारको रूपमा प्रयोग गरिन्छ। यौन आक्रमणमा बलात्कार र अरू नचाहँदा-नचाहँदै गरिने यौन व्यवहार पनि पर्छ।

महिलालाई कुटपिट गरेर यौन सम्बन्ध राखेपछि बेहोस अवश्थामा छोडेर जानु चाहिं बलात्कार हो भनेर कसै-कसैले सोच्‍ने गर्छन्। तिनीहरूले, आफू बलात्कृत हुनुभन्दा त सक्दो भाग्‍ने कोसिस गर्नु र हत्या हुने जोखिम नै मोल्नु उचित हो भनेर सोच्छन्। तर महिलाले केही गर्न नसके तापनि त्यसलाई बलात्कार नै भनिन्छ। तिनले बच्‍न जस्तोसुकै उपाय अपनाए तापनि तिनलाई यौन सम्बन्ध राख्‍ने चाहना थिएन, त्यसैले त्यो बलात्कार हो र यसमा महिलालाई दोष दिन मिल्दैन। बलात्कार भनेको यौन हिंसा हो। यसमा महिलालाई कहिल्यै दोष दिन मिल्दैन।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020302