पेल्भिक जाँच गर्दा चाल्‍न सकिने कदमहरू के-के हुन्

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

स्वास्थ्यकर्मीहरूले तपाईंको बाहिरी यौन अङ्गको परीक्षण गरेर भित्र सुन्‍नेको, फोका उठेको, घाउ भएको वा रङ्ग परिवर्तन भएको कुरा जाँच गर्छन्।

सामान्यतया, स्वास्थ्यकर्मीले तपाईंको योनीमा स्पेकुलम (एक प्रकारको औजार) राख्छन्। स्पेकुलम भनेको धातु वा प्लास्टिकले बनेको एउटा सानो औजार हो, जसले यौनीको भित्री भागलाई खुला राख्‍न मदत गर्छ। त्यसपछि पुरूष वा महिला स्वास्थ्यकर्मीले योनी र सेरभिक्सको भित्री भित्ता सुन्‍नेको, फोका उठेको, घाउ भएको वा तरल पदार्थ निस्केको छ कि भनेर जाँच गर्छन्। स्पेकुलम भित्र छिराएको बेला तपाईंलाई हल्का दबाव वा असजिलो महसुस हुन सक्छ तर यसले दुखाएको हुनु हुँदैन। तपाईंको मांसपेशीहरू नरम छन् वा पिसाबथैली खाली छ भने यस्तो जाँच गर्न अझै सजिलो हुन्छ।

यदि क्लिनिकमा ल्याबोरेटोरी सेवा छ भने आवश्यक परेमा स्वास्थ्यकर्मीले यौनजन्य संक्रमणको जाँच गर्नेछन्। स्वास्थ्यकर्मीले पाठेघरको अगाडिको (गर्भाशय) भाग परिवर्तन भएको छ कि भनेर पनि हेर्न सक्छन्। यसरी गर्भाशय परिवर्तन भएमा क्यान्सर हुन सक्छ। प्याप टेस्ट, गर्भाशयलाई हेरेर जाँच गर्न वा एच.पि.भि, भाइरस परीक्षणको लागि गर्न सकिने केही परीक्षण हुन्। एच.पि.भि भाइरसले क्यान्सर गर्न सक्छ। यी परीक्षण गर्दा दुख्दैन र यसलाई स्पेकुलम राखेर गरिन्छ। यदि क्यान्सर लागेको पहिल्यै पत्ता लाग्यो भने समयमै उपचार गर्न सकिन्छ र पूरै निको हुन सक्छ।

स्वास्थ्यकर्मीले स्पेकुलम बाहिर निकालेपछि उनले सफा प्लास्टिकको पञ्‍जा एउटा हातमा लगाउँछिन् अनि दुईवटा औंला योनी भित्र राख्छिन्। अनि अर्को हातले तल्लो पेटमा थिच्छिन्। यसरी तिनले गर्भाशयको ट्युबहरू अनि अण्डाशयको साइज, आकार अनि स्थान कस्तो अवश्थामा छ भनेर महसुस गर्न सक्छिन्। यस प्रकारको जाँच गर्दा दुख्दैन। यदि दुख्छ भने स्वास्थ्यकर्मीलाई भन्‍नुहोस्। यसले केही खराबी छ भन्‍ने कुराको संकेत दिन सक्छ।

केही समस्या पत्ता लगाउन स्वास्थ्यकर्मीले मलद्वारको जाँच गर्नुपर्ने पनि हुन सक्छ। एउटा औला मलद्वार र अर्को औंला योनीमा छिराइन्छ। यसले गर्दा स्वास्थ्यकर्मीलाई योनी, गर्भाशय, ट्युब अनि अण्डाशयमा हुन सक्ने समस्याको अझ धेरै जानकारी दिन सक्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010205