विवाहमा भूमिकाको विवाद कसरी सुल्झाउन सकिन्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

धेरैजसो देशहरूमा पुरूष ठूलो ओहदामा बसेकोले तिनीहरूको समर्थन र सहयोग पाउनु धेरै महत्त्वपूर्ण हुन सक्छ। यदि तपाईं जागिर खान चाहनुहुन्छ वा आफ्नै व्यापार-व्यवसाय सुरु गर्ने भनेर सोच्दै हुनुहुन्छ भने आफ्नो श्रीमान्‌को मदत लिनु धेरै महत्त्वपूर्ण हुन्छ।

यदि तपाईंको श्रीमान्‌ तपाईंको योजनाविरूद्ध भए जस्तो लागेमा तल दिइएका केही कदमहरू चाल्ने प्रयास गर्नुहोस्:

१. श्रीमान्‌सित कुरा गर्नुअघि आफ्नो योजनाबारे होसियारी साथ सोच्‍नुहोस्। यदि तपाईं वास्तवमा के गर्न चाहनुहुन्छ र कसरी गर्न चाहनुहुन्छ भनेर आफैलाई थाह छैन भने, कसरी तपाईंको श्रीमान्‌ले तपाईंको योजनाहरू बुझेको र त्यसलाई अघि बढाउन मदत गरेको आशा गर्न सक्नुहुन्छ?

२. तपाईं के गर्न चाहनुहुन्छ भनेर छलफल गर्दा आफ्नो योजनामा अडिग हुनुहोस्, तर तिनको विरूद्धमा उठ्नेगरि होइन। आफ्नो योजनाबारे छलफल गर्नु राम्रो हो, तर चिच्याएर नभइ शान्त र मित्रैलो ढंगमा कुरा गर्दा तपाईं पक्कै सफल हुनुहुनेछ।

३. आफ्नो श्रीमान्‌सित सल्लाह गरेर मात्र योजनाहरू अघि बढाउनुहोस्। यदि तिनीसित मदत र सल्लाह माग्‍नुभयो भने तपाईं के गर्दै हुनुहुन्छ भन्‍ने कुरामा तिनले शङ्‍का गर्ने छैनन् र असुरक्षित महसुस गर्ने छैनन्। केही परिवर्तनहरू गर्ने तपाईंको योजनाले गर्दा दुवै जनालाई फाइदा हुन्छ भनेर तिनले बुझ्‍नेछन्।

४. आफूलाई मदत गरेमा परिवारको आम्दानी बढ्नेछ र श्रीमानको जीवनस्तर पनि राम्रो हुनेछ अनि कमाएको पैसा पनि आखिर परिवार र घरकै लागि तपाईंले खर्च गर्न चाहनुहुन्छ भनेर श्रीमालाई बताउनुहोस्। ५. तपाईंले पैसा कमाउन थाल्नुभयो भने धनी परिवारको शिरको रूपमा तिनको प्रतिष्‍ठा बढ्नेछ, र समाजमा तपाईंको परिवारको आदर हुनेछ। परिवारमा एक्लै श्रीमान्‌ले मात्र कमाउने नभइ श्रीमतीले पनि कमाउन थालिन् भने अरूले तिनलाई हेप्लान कि भनेर कोही-कोही पुरूषहरू डराउँछन्। यस्तो कुरा सत्य होइन भनेर तिनलाई सम्झाउनुहोस्, बरू श्रीमतीले पनि काम गर्दा श्रीमान्‌हरूले अझ धेरै आदर कमाएको कुरा बताउनुहोस्।

६. तपाईंले काम गर्दा आम्दानी धेरै भयो भने आफ्ना छोराछोरीका लागि राम्रो शिक्षा प्रदान गर्न सकिन्छ भन्‍ने सुझाव दिनुहोस्। हरेक बुबाले आफ्नो छोराछोरीको भविष्य राम्रो भएको आशा गर्छन् र अहिलेको आधुनिक संसारमा सफलता र राम्रो काम पाउने एक मात्र तरिका भनेकै राम्रो शिक्षा हासिल गर्नु हो भनेर तिनीहरूलाई थाह छ। यदि तपाईंको श्रीमान्‌ले छोराछोरीको भलो चाहन्छन् भने यस्तो मौकालाई इन्कार गर्नु हुँदैन।

७. तपाईंले चाहेको जस्तै काम गरेर वा सफलतासाथ व्यवसाय सुरु गरेर परिवारलाई फाइदा पुगेको महिलाको उदाहरण तिनलाई देखाउनुहोस्।

८. यी सबै कदम उठाएर पनि तपाईंको श्रीमान्‌ले घर बाहिर तपाईंले काम गर्ने विषयमा अप्ठ्यारो मान्छन् भने परिवारका अरू सदस्यको मदत माग्‍नुहोस् र यो विवाद सुल्झाउन भन्‍नुहोस्। तपाईंले अरू महिलाहरूसित भेटेर पनि मदत माग्‍न सक्नुहुन्छ र तिनीहरूले आफ्नो पतिको सोचाइ कसरी परिवर्तन गर्न सफल भए भनेर सोध्‍न सक्नुहुन्छ।

महत्त्वपूर्ण: पुरूषको सार्वभौमिकतामाथि प्रश्‍न उठाउने वा महिला बराबरी हो भनेर विवाद गर्ने जस्ता कुराहरू नगर्नुहोस्। तपाईंले गर्न खोज्‍नुभएको परिवर्तनबारे श्रीमान्‌ले डर महसुस गर्नुहुँदैन।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np021006