बलात्कारको शिकार हुनबाट कसरी जोगिन सकिन्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

बलात्कार हुनदेखि जोगाउने सही र गलत व्यवहार हुँदैन। तर केही प्रकारको बलात्कारको शिकार हुनदेखि जोगिन महिलाले केही कुरा गर्न सक्छिन्। महिलाले के गर्ने भन्‍ने कुराहरूमा, कुनै व्यक्तिसित तिनको कत्तिको चिनजान छ, त्यो व्यक्तिसित कत्तिको डराउँछिन् र आफू कतिको खतरामा छिन् भनेर सोच्छिन् भन्‍ने जस्ता कुराहरू निर्भर हुन्छ। तर नबिर्सनुहोस्, कुनै महिला बलात्कारको शिकार भइन् भने तिनले आफूलाई बचाउन नसकेकोले होइन, बरू तिनीभन्दा शक्तिशाली व्यक्तिले जबरजस्ती गरेकोले हो।

बलात्कारको शिकार हुनदेखि जोगिने केही उपाय:

  • काम गर्दा अरू महिलाहरूसितै काम गर्नुहोस्। समूहमा काम गर्दा सुरक्षित र बलियो महसुस हुन्छ।
  • कसैसित तपाईंलाई डर पैदा हुन्छ भने उक्त व्यक्तिलाई घरमा छिर्न नदिनुहोस्। तपाईं एक्लै हुनुहुन्छ भन्‍ने कुरा थाह हुन नदिनुहोस्।
  • एक्लै हिंड्ने नगर्नुहोस् अझ विशेषगरि रातको समयमा। एक्लै जानै पर्ने भयो भने टाउको ठाडो राख्नुहोस् र निर्धक्क भएको जस्तो देखाउनुहोस्। प्रायजसो बलात्कार गर्ने व्यक्तिले सजिलै आक्रमण गर्न सक्ने महिलाहरू खोज्छ।
  • तपाईंलाई कसैले पछ्याउँदै छ जस्तो लागेमा अर्कै दिशातर्फ हिंड्नुहोस् वा अरू कुनै व्यक्तिकोमा, वा कुनै घर वा पसलमा जानुहोस्। वा पछाडि फर्केर ठूलो स्वरमा 'तँ के चाहन्छस्' भनेर सोध्नुहोस्।
  • ठूलो आवाज दिने केही कुरा साथमा बोक्नुहोस्, जस्तै सिट्टी। आफूलाई बचाउने केही कुरा साथमा बोक्नुहोस्। जस्तै: लठ्ठी, आँखामा छर्किने केही कुरा वा पिरो खुर्सानीको धुलो वा मरिच त्यस व्यक्तिको आँखामा छर्किनको लागि पनि बोक्न सकिन्छ।
  • तपाईंलाई आक्रमण गरियो भने ठूलो आवाज निकाल्नुहोस्, सिठ्ठी बजाउनुहोस्। यस्ता कुराले काम गरेन भने भाग्‍नको लागि तिनलाई चोट पुर्‍याउन हिर्काउनुहोस्।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020307